२०८२, २ चैत्र मंगलबार

फ्रान्समा गोली हानी तीन प्रहरीको हत्या, एक घाइते

फ्रान्समा गोली हानी तीन प्रहरीको हत्या, एक घाइते


काठमाडौं ८ पुस  : फ्रान्समा तीन जना प्रहरीको गोली हानी हत्या भएको छ। समाचार संस्था एएफपीका अनुसार बुधबार मध्य फ्रान्स पुय९डे९डोममा तीन जना प्रहरीको हत्या भएको हो। गोलीले लागेर अर्का एक जना प्रहरी घाइते भएका छन् ।

प्रहरीहरूमाथि ४८ वर्षीय एक पुरूषले गोली प्रहार गरेका हुन्। घरेलु हिंसाको भएको भन्दै एक महिलाले प्रहरीलाई खबर गरेकी थिइन्। उनको उद्धार गर्न जाँदा ती पुरूषले प्रहरीमाथि गोली हानेको समाचारमा उल्लेख छ।

बन्दुकधारी पुरूषले पहिले दुई जना प्रहरीमाथि गोली चलाएका थिए। जसमध्ये एक जनाले ज्यान गुमाएका थिए भने अर्का घाइते भएका थिए। त्यसपछि ती पुरूषले आफ्नो घर जलाएका थिए। आक्रमणपछि अन्य दुई जना प्रहरी त्यँहा पुगेका थिए।

क्लेरमन्ट फेरान्डको अभियोजन कार्यालयका अनुसार पछि गएका दुई जना प्रहरीको पनि गोली हानी हत्या भएको हो।
अधिकारीहरूका अनुसार हिंसामा परेकी महिलाको उद्धार भएको छ। कम्तीमा सात जना उच्च तहका प्रहरी घटनास्थलमा पुगेका छन्। ती खतरनाक व्यक्तिलाई मध्यनजर गर्दै निकै सावधानी अपनाइएको छ।
बन्दुकधारी व्यक्ति पहिले पनि बालबालिकासम्बन्धी मुद्दामा हिरासत बसिसकेको प्रहरीको भनाइ छ। अग्निनियन्त्रकहरूले घरमा उनले लगाएको आगोलाई नियन्त्रणमा लिने कोशिस गरिरहेका छन्।

प्रकाशित मिति : २०७७, ८ पुस बुधबार  ४ : ३१ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका