२०८२, ३ कार्तिक आईतबार

फ्रान्समा गोली हानी तीन प्रहरीको हत्या, एक घाइते

फ्रान्समा गोली हानी तीन प्रहरीको हत्या, एक घाइते


काठमाडौं ८ पुस  : फ्रान्समा तीन जना प्रहरीको गोली हानी हत्या भएको छ। समाचार संस्था एएफपीका अनुसार बुधबार मध्य फ्रान्स पुय९डे९डोममा तीन जना प्रहरीको हत्या भएको हो। गोलीले लागेर अर्का एक जना प्रहरी घाइते भएका छन् ।

प्रहरीहरूमाथि ४८ वर्षीय एक पुरूषले गोली प्रहार गरेका हुन्। घरेलु हिंसाको भएको भन्दै एक महिलाले प्रहरीलाई खबर गरेकी थिइन्। उनको उद्धार गर्न जाँदा ती पुरूषले प्रहरीमाथि गोली हानेको समाचारमा उल्लेख छ।

बन्दुकधारी पुरूषले पहिले दुई जना प्रहरीमाथि गोली चलाएका थिए। जसमध्ये एक जनाले ज्यान गुमाएका थिए भने अर्का घाइते भएका थिए। त्यसपछि ती पुरूषले आफ्नो घर जलाएका थिए। आक्रमणपछि अन्य दुई जना प्रहरी त्यँहा पुगेका थिए।

क्लेरमन्ट फेरान्डको अभियोजन कार्यालयका अनुसार पछि गएका दुई जना प्रहरीको पनि गोली हानी हत्या भएको हो।
अधिकारीहरूका अनुसार हिंसामा परेकी महिलाको उद्धार भएको छ। कम्तीमा सात जना उच्च तहका प्रहरी घटनास्थलमा पुगेका छन्। ती खतरनाक व्यक्तिलाई मध्यनजर गर्दै निकै सावधानी अपनाइएको छ।
बन्दुकधारी व्यक्ति पहिले पनि बालबालिकासम्बन्धी मुद्दामा हिरासत बसिसकेको प्रहरीको भनाइ छ। अग्निनियन्त्रकहरूले घरमा उनले लगाएको आगोलाई नियन्त्रणमा लिने कोशिस गरिरहेका छन्।

प्रकाशित मिति : २०७७, ८ पुस बुधबार  ४ : ३१ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल