२०८२, २० चैत्र शनिबार

जारी भएको अध्यादेश ऐन सरह

जारी भएको अध्यादेश ऐन सरह


काठमाडौं, ५ पुस :   राष्ट्रपतिबाट जारी भएको अध्यादेश ऐनसरह मान्य हुने संवैधानिक व्यवस्था छ । केही दिनअघि मात्र संवैधानिक परिषद्सम्बन्धी जारी भएको अध्यादेशले पनि ऐनसरहको नै मान्यता पाएको छ ।

के एकपटक जारी भएको अध्यादेश जहिलेसुकै पनि खारेज हुन सक्छरु संवैधानिक परिषद्सम्बन्धी जारी भएको अध्यादेश खारेज गर्नुपर्ने भन्ने सम्बन्धमा उठेको आवाजलाई लिएर उक्त प्रश्न सिर्जना भएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा ९२० मा जारी भएको अध्यादेश तीन तवरले खारेज वा निस्क्रिय हुने व्यवस्था भएको कानुनविद्हरुले बताएका छन् । सो उपधारा ९२०को खण्ड ९क०मा जारी भएको अध्यादेशलाई संसद्को दुवै सदनमा पेस गरिने र ती दुवै सदनले स्वीकार नगरेमा सो अध्यादेश स्वतः निस्क्रिय हुने व्यवस्था छ ।

यसै गरी खण्ड ९ख०मा जारी भएको अध्यादेश राष्ट्रपतिबाट जुनसुकै बखत खारेज हुने व्यवस्था छ । केही दिनअघि जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश यही खण्ड ९ख० बमोजिम खारेज गर्न नेकपा भित्रै र अन्य पार्टीबाट दबाब आइरहेको छ ।

त्यस्तै उपधारा ९२० को खण्ड ९क० र ९ख० बमोजिम निस्क्रिय वा खारेज नभएमा दुवै सदनको बैठक बसेको ६० दिनपछि स्वतः निस्क्रिय हुने भनी खण्ड ९ग० मा उल्लेख गरिएको छ । जारी भएको अध्यादेशलाई खण्ड ९ख० बमोजिम खारेज गर्ने भनी प्रधानमन्त्री केपी शर्मा ओलीले वचन दिनुभएको भए तापनि शनिबारसम्म सोबमोजिम भएको छैन ।

यसैबीच संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने सम्बन्धमा राष्ट्रपतिबाट मंगलबार अध्यादेश जारी भएकोविरुद्ध सर्वोच्च अदालतमा दायर भएको तीनवटा रिट निवेदनको सुनुवाइको पालो आएन । संवैधानिक परिषद्को बैठक बस्न ६ जना सदस्यमध्ये ५ जना हुनुपर्ने कानुनी ब्व्यवस्थालाई संशोधन गरी बहुमत मात्र भए पनि पुग्ने गरी अध्यादेश जारी गरिएको विरुद्धमा सर्वोच्चमा तीनवटा रिट दायर भएका थिए ।

दायर गरिएका रिट निवेदनमा सरकारले संसद्लाई छलेर अध्यादेश जारी गरेको दाबी गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ताद्वय ओमप्रकाश अर्याल तथा कञ्चनकृष्ण न्यौपानेद्वार सर्वोच्चमा छुट्टाछुट्टै रिट निवेदन दायर गरिएको हो । ती रिट निवेदनहरु संवैधानिक इजलासमा सुनुवाइ हुने भनी शुक्रबार पेसी तय गरिएको थियो । समयाभावका कारण ती रिट निवेदनमा सुनुवाइ हुन नसकेको हो ।

अध्यादेश जारी गर्न मन्त्रिपरिषद्को सिफारिस चाहिने संवैधानिक व्यवस्था छ । सो अध्यादेशबाट संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन, २०६६ को दफा ६ को उपदफा ९३० मा संशोधन भएको थियो । संशोधन हुनुभन्दा अघिको प्रावधानमा अध्यक्ष र कम्तीमा चार जना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिने उल्लेख थियो ।

अबको संशोधनपछि बहुमतको संख्या भए पुग्ने बनाइएको थियो । अध्यक्षसहित ६ जना भएको परिषद्मा अब प्रधानमन्त्री बाहेक अन्य दुई जना अनुपस्थित भए पनि बैठक बस्न सक्ने गरी संख्या पुग्ने भएको थियो । त्यसरी संशोधन गरिएको विषयले संविधानविपरीत भएको रिट निवेदनमा उल्लेख गरिएको छ । नेपाल समाचार पत्र दैनिकबाट

प्रकाशित मिति : २०७७, ५ पुस आईतबार  १० : ०० बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।