२०८२, ३ कार्तिक आईतबार

बेलायतमा संक्रमण बढेसँगै आइतबारबाट थप कडा प्रतिबन्ध

बेलायतमा संक्रमण बढेसँगै आइतबारबाट थप कडा प्रतिबन्ध

२४ घण्टामा थप ५३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ


काठमाडौं, ५ पुस  :  बेलायतका विभिन क्षेत्रमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेपछि बेलायत सरकारले शनिबार थप कडा प्रतिबन्धको घोषणा गरेको छ ।

यसअघि संक्रमण दरका आधारमा निर्धारित गरिएको ‘टीयर ३’ अन्तर्गतको वर्गीकरणलाई ‘टीयर ४’ मा राखिएको प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार विशेष सम्बोधनमार्फत् जानकारी दिएका छन् ।

आइतबारबाट तत्कालै लागू हुनेगरी कम्तिमा दुई साताको लागि लन्डन, केन्ट, एस्सेक्स तथा बेडफोर्डशायर लगायतका क्षेत्रहरुमा अहिले खुला रहेका कपडा पसल, इन्डोर जीमखाना, हेयर ड्रेसर लगायतका व्यवसाय पूर्ण रुपमा बन्द हुनेछन् ।

सो अवधिमा आत्यावश्यकबाहेक बाहिर ननिस्कन भन्दै सरकारले ‘स्टे होम’ को अपील जारी गरेको छ । यस अघि क्रिसमसको समयमा ५ दिनको लागि पारिवारिक जमघटका लागि छुट दिने सरकारको निर्णयलाई खारेज गरेर क्रिसमसका दिनमा मात्र सिमित गरिएको छ ।

यो नियम इंग्ल्याण्ड,स्कटल्याण्ड तथा वेल्समा समेत लगू हुनेछ । हाल जारी गरिएको प्रतिबन्ध बेलायतमा लागू गरिएको दस्रो देशव्यापी लकडाउन जस्तै भएको प्रधानमन्त्रीले बताएका छन् ।

पछिल्ला दिनमा बेलायतमा भाइरसले स्वरूप परिवर्तन गरेर नयाँ खालको भाइरस देखा परेको र यो द्रुत गतिमा फैलिएको भन्दै वैज्ञानिकहरुले यसबारे थप अध्ययन,अनुसन्धान गरिरहेका छन् । उक्त नयाँ भाइरस कत्तिको खतरनाक छ भन्ने बारेमा अझै आधिकारिक पुष्टि भएको छैन ।

बेलायतमा पछिल्लो २४ घन्टामा थप २७ हजार ५२ जना नयां संक्रमित थपिएका छन् । योसँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या दुई मिलियन अर्थात २० लाख नाघेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यसैगरी कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ६७ हजार नाघेको छ ।

गएको २४ घण्टामा थप ५३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बेलायतमा कुल मृतक संख्या ६७ हजार ७५ पुगेको छ । यसैगरी हस्पिटल भर्ना हुनेको संख्यामा अत्यधिक रुपमा वृद्धि भैरहेको बेलायतको नेशनल हेल्थ सर्भिस ९एनएचएस० ले जनाएको छ । पछिल्लो २४ घन्टामा एक हजार ९०७ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् । एजेन्सी

प्रकाशित मिति : २०७७, ५ पुस आईतबार  ८ : ५४ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल