२०८२, २ चैत्र मंगलबार

बेलायतमा संक्रमण बढेसँगै आइतबारबाट थप कडा प्रतिबन्ध

बेलायतमा संक्रमण बढेसँगै आइतबारबाट थप कडा प्रतिबन्ध

२४ घण्टामा थप ५३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ


काठमाडौं, ५ पुस  :  बेलायतका विभिन क्षेत्रमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेपछि बेलायत सरकारले शनिबार थप कडा प्रतिबन्धको घोषणा गरेको छ ।

यसअघि संक्रमण दरका आधारमा निर्धारित गरिएको ‘टीयर ३’ अन्तर्गतको वर्गीकरणलाई ‘टीयर ४’ मा राखिएको प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार विशेष सम्बोधनमार्फत् जानकारी दिएका छन् ।

आइतबारबाट तत्कालै लागू हुनेगरी कम्तिमा दुई साताको लागि लन्डन, केन्ट, एस्सेक्स तथा बेडफोर्डशायर लगायतका क्षेत्रहरुमा अहिले खुला रहेका कपडा पसल, इन्डोर जीमखाना, हेयर ड्रेसर लगायतका व्यवसाय पूर्ण रुपमा बन्द हुनेछन् ।

सो अवधिमा आत्यावश्यकबाहेक बाहिर ननिस्कन भन्दै सरकारले ‘स्टे होम’ को अपील जारी गरेको छ । यस अघि क्रिसमसको समयमा ५ दिनको लागि पारिवारिक जमघटका लागि छुट दिने सरकारको निर्णयलाई खारेज गरेर क्रिसमसका दिनमा मात्र सिमित गरिएको छ ।

यो नियम इंग्ल्याण्ड,स्कटल्याण्ड तथा वेल्समा समेत लगू हुनेछ । हाल जारी गरिएको प्रतिबन्ध बेलायतमा लागू गरिएको दस्रो देशव्यापी लकडाउन जस्तै भएको प्रधानमन्त्रीले बताएका छन् ।

पछिल्ला दिनमा बेलायतमा भाइरसले स्वरूप परिवर्तन गरेर नयाँ खालको भाइरस देखा परेको र यो द्रुत गतिमा फैलिएको भन्दै वैज्ञानिकहरुले यसबारे थप अध्ययन,अनुसन्धान गरिरहेका छन् । उक्त नयाँ भाइरस कत्तिको खतरनाक छ भन्ने बारेमा अझै आधिकारिक पुष्टि भएको छैन ।

बेलायतमा पछिल्लो २४ घन्टामा थप २७ हजार ५२ जना नयां संक्रमित थपिएका छन् । योसँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या दुई मिलियन अर्थात २० लाख नाघेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यसैगरी कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ६७ हजार नाघेको छ ।

गएको २४ घण्टामा थप ५३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बेलायतमा कुल मृतक संख्या ६७ हजार ७५ पुगेको छ । यसैगरी हस्पिटल भर्ना हुनेको संख्यामा अत्यधिक रुपमा वृद्धि भैरहेको बेलायतको नेशनल हेल्थ सर्भिस ९एनएचएस० ले जनाएको छ । पछिल्लो २४ घन्टामा एक हजार ९०७ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् । एजेन्सी

प्रकाशित मिति : २०७७, ५ पुस आईतबार  ८ : ५४ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका