२०८३, ११ बैशाख शनिबार

दाहाल–नेपाल गुट भेलामा व्यस्त कार्यकर्तालाई यसरी बनाए निरास

दाहाल–नेपाल गुट भेलामा व्यस्त कार्यकर्तालाई यसरी बनाए निरास


काठमाडौं, ४ पुस  :  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद समाधान गर्न दवाव परिरहेका बेला असन्तुष्ट समूहले गुटगत भेला गरेर कार्यकर्ताहरूलाई निरास बनाइदिएको छ ।

नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले शुक्रबार गुटगत भेला गरेर समस्या समाधानमा गम्भीर छैन भन्ने सन्देश दिएको चर्चा हुन थालेको छ । दाहाल–नेपाल समूहको भेलालाई उपाध्यक्ष वामदेव गौतमले बहिस्कार गरेर आफ्नै समूहलाई तनाब दिएका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीमाथि दवाव सिर्जना गर्ने नाममा दाहाल–नेपाल गुटको हर्कतको विरोध हुन थालेको छ । उनीहरूका कारण नेकपा झन् समस्यामा परेको नेताहरूले बताएका छन् ।

ओलीलाई दाहालले संगीन आरोप लगाएपछि नेकपाभित्र विवाद बढेर गएको छ । पार्टी संकट टार्नभन्दै लगातार तीन पटकसम्म स्थायी समितिको बैठक स्थगन भए पनि नेकपाका दुवै समूह एकातिर सहमतिको प्रचार र अर्कोतिर विभाजनसम्मका तयारी गरेका छन् ।

प्रधानमन्त्री ओली समूहले पनि मदन भण्डारी फाउण्डेशनका नाममा जिल्ला–जिल्लामा भेला र बालुवाटारमा शीर्ष नेताहरूको नियमित बैठक र परामर्श जारी राख्दै आएको छ ।

ओलीलाई साइजमा ल्याउन दाहाल र नेपाल समूहले जिल्ला र प्रदेशस्तरका भेला गरिरहेका छन् । दाहाल–नेपाल समूहको शुक्रबारको भेलालाई धेरैले आलोचना गरेका छन् । यो भेलाले सहमति खोज्ने कुरालाई टाढा गरिदिएको एक नेताले बताएका छन् ।

स्थगित स्थायी समितिको बैठक पुस ५ मा र केन्द्रीय कमिटी बैठक पुस १० मा बस्दैछ । बैठक बस्नु अगाडि नै आफ्नो पक्षमा माहोल बनाउन दाहाल–नेपाल समूहको कार्यले धेरैलाई तनाब बनाइदिएको छ

प्रकाशित मिति : २०७७, ४ पुस शनिबार  ८ : ०२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले