२०८३, ७ कार्तिक शनिबार

अवैध सम्बन्ध लुकाउन काकीको हत्या

अवैध सम्बन्ध लुकाउन काकीको हत्या


लमजुङ ३ पुस  :  एक महिलाको हत्याको अभियोगमा दुई युवक पक्राउ परेका छन् । सुन्दरबजार–४ दुराडाँडा चारघरेकी ३५ वर्षीया धनमाया भुजेलको हत्याको ३६ घण्टाभित्रै प्रहरीले सुन्दरबजार–३ स्वाँराका २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेललाई पक्राउ गरेको हो । सागर धनमायाका भतिजा र विकास भान्जा हुन् ।

डीएसपी गंगाबहादुर थापाका अनुसार घटना गत बुधबार बिहानको हो । ‘मृतक धनमायाका पति ध्रुवले भ्यासेक्टोमी गरेका रहेछन् । गाउँलेले धनमाया गर्भवती रहेको सुनाएपछि अवैध सम्बन्धको पोल खुल्ने डरले सागरले धनमायाको हत्या गरेको बुझियो,’ डीएसपी थापाले अभियुक्त सार्वजनिक गर्दै शुक्रबार प्रहरी कार्यालयमा भने ।

पहिलो पत्नीसँगको सम्बन्धविच्छेदपछि ध्रुवले धनमायासँग दोस्रो विवाह गरेका थिए । ध्रुवकी जेठीतर्फका दुई सन्तान हजुरबाआमासँग बस्छन् । ध्रुव र धनमाया अरूले छाडेको घरमा बस्थे । ध्रुव गाउँकै एक गाई फार्ममा काम गर्छन् । उनी सबैरै फार्ममा जान्थे ।

काकीसँगको आफ्नो अनैतिक सम्बन्ध गाउँलेले थाहा पाउन थालेपछि सागरले एक महिनादेखि धनमायाको हत्या गर्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ । डीएसपी थापाका अनुसार घटनाको एक साताअघि मात्रै अभियुक्त सागरले विकासलाई धनमायाको हत्या गर्ने भन्दै सहयोग मागेको खुलेको छ ।

धनमायाका पति ध्रुव बिहान सबेरै काममा जाने गरेकोमा हत्याको दिन गएरनगएकोबारे सागरले धनमायालाई फोन गरेर सोधेका थिए । विकासलाई लिएर सागर धनमायाको घरमा पुगे । घरमा एक्लै रहेको अवस्थामा धनमायाले लगाएको सल लिएर सागरले घाँटी कसे । गुहार माग्न थालेपछि बाहिर रहेका विकासलाई ढुंगा ल्याउन भने । जाँतोको माथिल्लो भाग उचालेर दुवैले धनमायालाई हाने । घटना लुकाउन बोरामा बेरेर सेप्टिक ट्यांकीमा फालेको खुलेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखराबाट कुकुर ल्याइएको थियो । सशस्त्र प्रहरीमा भर्ना हुनका लागि मेडिकल गर्ने तयारीमा रहेका सागरलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो । विकासलाई उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । दुवै जनालाई शुक्रबार लमजुङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । ई कान्तीपुर

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ९ : ०६ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने