२०८३, ३१ श्रावण सोमबार

मन्त्री भट्टराईको निर्देशन : दुई महिनाभित्र सम्पती विवरण बुझाउनु

मन्त्री भट्टराईको निर्देशन : दुई महिनाभित्र सम्पती विवरण बुझाउनु


काठमाडौँ १ पुस :   संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मन्त्रालय मातहतका विकास समितिहरुलाई दुई महिना भित्र सम्पती विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिनु भएको छ । आज मन्त्रालय अन्तर्गतका संस्कृत सम्बद्ध निकाय ९विकास समिति०हरुको अन्तरकृया कार्यक्रममा मन्त्री भट्टराईले विकास समितिलाई गुरुयोजना निर्माण गरी अघि बढ्न निर्देशन दिदै गुरु योजनानिर्माण भए मन्त्रालयमा पेश गर्न तथा नभए तत्काल निर्माणको कार्य थालनी गर्न आग्रह समेत गर्नु भएको छ ।

मन्त्री भट्टराईले विकास समितिहरुलाई छाता ऐन बनाएर एकिकृत गर्ने योजना भएको बताउदै महिना दिन भित्र सुझाव दिन सवैलाई आग्रह गर्नुभयो । उहाँले विकास समितिहरुले मितब्यहिता अपनाउन साथै भेटिपाती पारदर्शिता तथा ब्यवस्थित गरी लेखा परिक्षण अनिवार्य गर्न तथा बेरुजु फस्यौट गर्न तर्फ लाग्ने निर्देशन दिनु भएको हो । उहाँले धार्मिक तथा साँस्कृतिक स्थलको विकासका लागि प्रदेश तथा स्थानीयतहको समन्वय गरेर बढी भन्दा बढी फाईदा लिन समेत आग्रह गर्नुभयो ।

मन्त्री भट्टराई धार्मिक स्थलहरुलाई नेपालको ऐतिहासिक अवस्था अध्ययन अनुसन्धान गर्ने थलोको रुपमा विकास गर्न आग्रह समेत गर्नुभयो । अन्र्तक्रियामा पशुपति विकास कोष,लुम्बिनी विकास कोष,देवघाट क्षेत्र विकास समिति चितवन,पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङ,बौद्धनाथ क्षेत्र विकास समिति काठमाडौ,बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्वा विकास समिति ललितपुर,बृह्तर बराह क्षेत्र विकास समिति सुनसरी,मनकामना क्षेत्र विकास समिति गोरखा,हलेस महादेवस्थान विकास समिति,खोटाङ,बृहत्तर जनकपुर क्षेत्र विकास समिति अध्यक्ष र कार्यकारी निर्देशकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७, १ पुस बुधबार  ७ : २३ बजे

विश्वासको मत लिनुअघि नै बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन्।

सिन्धुलीमा ‘गोदामको राज’माथि प्रशासनको धावा, जय दासका भण्डारमा छापा

सिन्धुली । बजारमा चिनी अभाव, दैनिक उपभोग्य वस्तुको महँगी र

खानिखोला–स्याउरीथली दुर्घटनामा दुई जनाको मृत्यु, चार जना घाइते

काभ्रे । काभ्रेको खानिखोला गाउँपालिका–४ स्याउरीथलीमा भएको सवारी दुर्घटनामा दुई

लुम्बिनीमा एमाले सरकारलाई जसपाको ‘ब्रेक’, समर्थन फिर्ता

बुटवल । नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई जनता समाजवादी

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको