२०८२, २७ असार शुक्रबार

कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : तत्काल संसद अधिवेशन

कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : तत्काल संसद अधिवेशन


काठमाडौं, १ पुस : प्रमुख विपक्षी नेपाली कांग्रेसले तत्काल संसदको अधिवेशन बोलाउन माग गरेको छ ।

सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि कांग्रेसले बुधबार पदाधिकारी बैठक बोलाएको थियो । बैठकले सरकारले ल्याएको अध्यादेश संविधानको मर्म विपरीत भएको ठहर गरेको छ र संसदको अधिवेशन छलेर अध्यादेश जारी गर्नुले सरकारको अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर भएको बताएको छ ।

बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । स्रोतका अनुसार आध्यदेश आएपछि बसेको संवैधानिक परिषद्को बैठकले कुनै नियुक्ति सिफारिस गरेको भए वा गरेमा संसदीय सुनुवाई समितिमा चुनौती दिने कांग्रेसको तयारी छ ।

कांग्रेस पदाधिकारीहरुको बैठकले संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको छ । साथै पुस ३ गते संसदीय दलका कार्यसमितिको बैठक समेत बोलाइएको छ । पदाधिकारी बैठकमा २९ मंसिरमा सरकारविरुद्ध देशभर प्रदर्शनको समीक्षा समेत भएको थियो ।

 

 

प्रकाशित मिति : २०७७, १ पुस बुधबार  ७ : १४ बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत