काठमाडौं, १ पुस : फ्रान्समा दोस्रो पटक लकडाउन शुरु भएको छ । कोरोना महामारी जारी रहेकाले फ्रान्समा दोस्रो पटक लकडाउन जारी गरिएको हो ।
क्रिसमसमा संक्रमण दर अझै बढ्न सक्ने भन्दै पुन लकडाउन जारी गरिएको हो । महामारीको समयमा सुरक्षितरुपमा घरमै बसेर क्रिसमस मनाउन पनि प्रशासनले आग्रह गरेको छ ।
लकडाउनसँगै होटल बार तथा रेष्टुरेन्टहरु बन्द गरिएको छ । फ्रान्समा एकै दिन ७ सय भन्दा बढीको कोरोनाका कारण मृत्यु भएपछि आगामी जनवरी २४ सम्म लकडाउन गरिएको हो । दैनिक संक्रमण दर बढ्दै गएपछि नियन्त्रणका लागि लकडाउन जारी गरेको समाचारमा जनाइएको छ ।
युरोपका अन्य देशहरुमा पनि महामारी फैलन सक्ने भन्दै क्रिसमसको पूर्व सन्ध्यामा कडाइ गरिएको छ । सार्वजनिक क्लब तथा रेष्टुरेन्टहरु बन्द गराइएको छ भने सर्वसाधारणलाई आवतजावतमा रोक लगाइएको छ । एजेन्सी
प्रतिक्रिया