२०८३, ३१ श्रावण सोमबार

पाथीभरा मन्दिरमा बस्ने सन्यासी बाबा करोणीनाथ योगीको निधन

पाथीभरा मन्दिरमा बस्ने सन्यासी बाबा करोणीनाथ योगीको निधन


ताप्लेजुङ, १ पुस  :  ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा विगत चार वर्षदेखि बस्दै आएका सन्यासी बाबा करोणीनाथ योगीको निधन भएको छ । अन्दाजी ६० वर्षीय योगीको मङ्गलबार बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आफू राजस्थानमा जन्मिएको बताउँदै आएका योगीले बिहानै सन्चो नभएको जनाएपछि मन्दिरका कर्मचारीले उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याएका थिए तर अस्पताल आइनपुग्दै निधन भइसकेको बताइएको छ ।

‘बिहान ढोका खोल्नु भएन, बाहिरबाट बिरामी पर्नुभयो कि भनेर ढोका ढकढकाएर सोध्यौँ, सन्चो छैन, छाती दुख्दै छ, सास फेर्न गाह्रो भयो भन्नुभयो, त्यसपछि हतारहतार बोकेर उपचारका लागि सदरमुकामतर्फ हिड्यौं, अस्पताल आइपुग्दा निधन भइसकेको थियो’, मन्दिरका कर्मचारी राजेन्द्र महतले भने ।

उनको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । घर तथा आफन्तको पहिचान नभएकाले सबै जिल्लामा पहिचानका लागि खबर गर्ने साथै कानूनी प्रक्रिया अघि बढाइने ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७७, १ पुस बुधबार  ८ : ४९ बजे

विश्वासको मत लिनुअघि नै बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन्।

सिन्धुलीमा ‘गोदामको राज’माथि प्रशासनको धावा, जय दासका भण्डारमा छापा

सिन्धुली । बजारमा चिनी अभाव, दैनिक उपभोग्य वस्तुको महँगी र

खानिखोला–स्याउरीथली दुर्घटनामा दुई जनाको मृत्यु, चार जना घाइते

काभ्रे । काभ्रेको खानिखोला गाउँपालिका–४ स्याउरीथलीमा भएको सवारी दुर्घटनामा दुई

लुम्बिनीमा एमाले सरकारलाई जसपाको ‘ब्रेक’, समर्थन फिर्ता

बुटवल । नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई जनता समाजवादी

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको