२०८२, २९ फाल्गुन शनिबार

आजदेखि पशुपतिनाथ खुल्यो , कोषलाई ७० करोड घाटा भएको दावी

आजदेखि पशुपतिनाथ खुल्यो , कोषलाई ७० करोड घाटा भएको दावी


काठमाडौं, १ पुस :  आजदेखि पशुपतिनाथ खुलेको छ । नौ महिनासम्म बन्द रहेको पशुपतिनाथ मन्दिर आजबाट देखि खुलेको हो । मन्दिरको ढोका खुलेसँगै बिहानैदेखि पशुपति क्षेत्रमा सर्वसाधारणको चहलपहल बढेको छ ।

मन्दिर खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्दिरमा क्षमासहित विशेष पूजा गरेकी थिइन् । त्यस अवसरमा पशुपतिनाथ मूल मन्दिरमा कोषका तर्फबाट विशेष पूजासहित सवा लाख दीप प्रज्वलन समेत गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा।मिलनकुमार थापाले जानकारी दिए ।

आजदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइने व्यवस्थापन पक्षले छ । मन्दिर आज खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरु हुने छैन ।

पहिलो चरणमा परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मात्र मन्दिर खुला गरिने थापाले बताए । विभिन्न संस्थाले लामो समयदेखि पशुपतिनाथ मन्दिर खोल्नुपर्ने माग गर्दै आएका थिए । चैतदेखि पशुपतिनाथ मन्दिर बन्द हुँदा कोषलाई करीब ७० करोड घाटा लागेको कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, १ पुस बुधबार  ८ : ०६ बजे

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ। आज

एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अहिले जारी छ। २१

बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण

काठमाडौं । इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासमाथि आक्रमण भएको

सूर्यविनायक नगरपालिकाद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको