धुलिखेल ३० मंसिर : काभ्रेमा एसियाकै पहिलो अपाङ्गमैत्री बाटो निमार्णकार्य शुरु भएको छ । बनेपा नगरपालिका वडा नम्बर १३ मा अपाङ्गमैत्री बाटो निमार्णकार्य शुरु गरेको हो । काभ्रेको पर्यटकिय स्थल बासुकीथान जाने एसियाकै पहिलो अपाङ्गमैत्री बाटो निर्माण शुरु भएको वडा अध्यक्ष सुर्यनारायण नापितले बताउनुभयो ।
वडा अध्यक्ष नापीतका अनुसार बासुकी पर्यटन प्रवर्धन् केन्द्र संरक्षणका लागी प्रदेश सरकारको झण्डै डेड करोड आर्थिक सहयोगमा बिभिन्न संरचनाहरु निमार्ण हुन लागेको हो ।
अपाङ्गता भएका ब्यक्ती पनि सो स्थान जानका लागि सजह होस भनेर अपाङ्गमैत्री बाटो निमार्ण गरिएको हो । अपाङ्गमैत्री बाटो निमार्णको कार्य सम्पन्न भएपछि भ्यु टावर निर्माण हुने छ ।
प्रतिक्रिया