२०८३, १ भाद्र मंगलबार

पर्यटकको रोजाइमा शैलुङको धर्मद्वार

पर्यटकको रोजाइमा शैलुङको धर्मद्वार


चरिकोट, दोलखा, मंसिर ३०गते  तीन हजार १४५ मिटरको उचाइमा अवस्थि शैलुङ दोलखाको प्रसिद्ध धार्मीक तथा पर्यटीय स्थलको रुपमा प्रख्यात छ ।

शैलुङ गाउँपालिकाको वडा नम्बर–८ मा अवस्थि यस क्षेत्र पुग्दा स्वर्गको अनुभूति त हुन्छनै यहाँको धर्मढोका अर्थात धर्मद्वार प्रवेश गरेपछि पुण्य मिल्ने जनविश्वास रहिआएको छ । शैलुङ थुम्कीको उत्तरतर्फ केही तल लस्करै रहेको तीनवटा ओडारहरु मध्येको धर्मद्वारमा प्रवेश गरि पुण्य कमाउनेहरु यहाँ प्रशस्तै आउने गरेको शैलुङ गाउँपालिका वडा नम्बर–८ कालापानीका स्थानीय लालबहादुर तामाङले बताउनुभयो । तेस्रो ओडारमा अवस्थि धर्मद्वार बाहेक पहिलो ओडारमा शैलुङ्गेश्वर महादेवको मन्दिर छ भने दोस्रो ओडारमा प्रत्येक १२ वर्षमा एउटा मात्रै गोदावरी फूल फूल्ने गर्दछ । धर्मढोका प्रवेश गर्नु अघि महादेवको दर्शन गरि गोदावरी फूल फुल्ने ओडारको दर्शन गर्नुपर्ने तामाङ बताउनुहुन्छ ।

कहिलेकाहिँ जतिसुकै मोटो मानिस पनि सहजै छिर्ने गरेको उल्लेख गर्दै ६७ वर्षीय तामाङले धर्मद्वारबाट छिरेपछि मनमा अलग प्रकारको आनन्द हुने गरेको बताउनुभयो । ओडार भित्र अवस्थि धर्मद्वारको लम्बाई करिब सात फिट रहेको छ भने साघुर ढुङ्गाको प्वालबाट वारपार गरेमा धर्मद्वार प्रवेश सफल भएको मानिन्छ । धर्मद्वार प्रवेश गरिसकेपछि यसअघिका जतिसुकै पाप समेत कटिने र पुण्य मिल्ने भएकाले पनि यो द्वारमा छिर्नेहरुको भीड लाग्ने गरेको उहाँले बताउनुहुन्छ ।

पहिलो ओडारमा रहेको प्रसिद्ध शैलुङ्गेश्वर महादेवको मन्दिरमा हरेक वर्ष जनैपूर्णिमा र बालाचतुदर्शीका दिन भव्य मेला लाग्ने गर्दछ । मेलाका बखत धामी झाँक्रीहरूको बाक्लो उपस्थिति हुने गरेको शैलुङ गाउँपालिकाको अध्यक्ष भरत दुलालले बताउनुभयो । त्यसैगरी दोस्रो ओडारमा प्रत्येक १२ वर्षमा एउटा गोदावरी फूल फुल्छ र त्यस समय यहाँ गोदावरी मेला लाग्ने गर्दछ । गोदावरी फूल फुल्दा ओडारमा दूध जस्तो तरल पदार्थ चुहिने गर्दछ । त्यसमा मानिसले नुहाएमा रोग नलाग्ने र छालाहरु सधैँ नरम रहने विश्वार गरिन्छ ।

यहाँ दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं लगायतका स्थानबाट मानिसहरू आउने गर्छन् ।
राजधानी काठमाडौँबाट अरनिको राजमार्ग हुँदै लामोसाँगु जिरी सडक खण्डको मुडे बाजारबाट बाघखोर हुँदै १२० किलो मिटरको दुरीमा करीब पाँच घण्टा र सदरमुकाम चरिकोटबाट मांकाल मन्दिर हुँदै ३८ किलोमिटरको दुरीमा करिब डेढ घण्टामा कालापानी पुग्न सकिन्छ । त्यहाँबाट करिब ४५ मिनेटदेखि एक घण्टा सिँढीमा हिडेर धर्मद्वार लगायत पवित्र भूमि शैलुङ पुगिने अध्यक्ष दुलालले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार  ९ : ४७ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा