२०८२, ३० आश्विन बिहीबार

पर्यटकको रोजाइमा शैलुङको धर्मद्वार

पर्यटकको रोजाइमा शैलुङको धर्मद्वार


चरिकोट, दोलखा, मंसिर ३०गते  तीन हजार १४५ मिटरको उचाइमा अवस्थि शैलुङ दोलखाको प्रसिद्ध धार्मीक तथा पर्यटीय स्थलको रुपमा प्रख्यात छ ।

शैलुङ गाउँपालिकाको वडा नम्बर–८ मा अवस्थि यस क्षेत्र पुग्दा स्वर्गको अनुभूति त हुन्छनै यहाँको धर्मढोका अर्थात धर्मद्वार प्रवेश गरेपछि पुण्य मिल्ने जनविश्वास रहिआएको छ । शैलुङ थुम्कीको उत्तरतर्फ केही तल लस्करै रहेको तीनवटा ओडारहरु मध्येको धर्मद्वारमा प्रवेश गरि पुण्य कमाउनेहरु यहाँ प्रशस्तै आउने गरेको शैलुङ गाउँपालिका वडा नम्बर–८ कालापानीका स्थानीय लालबहादुर तामाङले बताउनुभयो । तेस्रो ओडारमा अवस्थि धर्मद्वार बाहेक पहिलो ओडारमा शैलुङ्गेश्वर महादेवको मन्दिर छ भने दोस्रो ओडारमा प्रत्येक १२ वर्षमा एउटा मात्रै गोदावरी फूल फूल्ने गर्दछ । धर्मढोका प्रवेश गर्नु अघि महादेवको दर्शन गरि गोदावरी फूल फुल्ने ओडारको दर्शन गर्नुपर्ने तामाङ बताउनुहुन्छ ।

कहिलेकाहिँ जतिसुकै मोटो मानिस पनि सहजै छिर्ने गरेको उल्लेख गर्दै ६७ वर्षीय तामाङले धर्मद्वारबाट छिरेपछि मनमा अलग प्रकारको आनन्द हुने गरेको बताउनुभयो । ओडार भित्र अवस्थि धर्मद्वारको लम्बाई करिब सात फिट रहेको छ भने साघुर ढुङ्गाको प्वालबाट वारपार गरेमा धर्मद्वार प्रवेश सफल भएको मानिन्छ । धर्मद्वार प्रवेश गरिसकेपछि यसअघिका जतिसुकै पाप समेत कटिने र पुण्य मिल्ने भएकाले पनि यो द्वारमा छिर्नेहरुको भीड लाग्ने गरेको उहाँले बताउनुहुन्छ ।

पहिलो ओडारमा रहेको प्रसिद्ध शैलुङ्गेश्वर महादेवको मन्दिरमा हरेक वर्ष जनैपूर्णिमा र बालाचतुदर्शीका दिन भव्य मेला लाग्ने गर्दछ । मेलाका बखत धामी झाँक्रीहरूको बाक्लो उपस्थिति हुने गरेको शैलुङ गाउँपालिकाको अध्यक्ष भरत दुलालले बताउनुभयो । त्यसैगरी दोस्रो ओडारमा प्रत्येक १२ वर्षमा एउटा गोदावरी फूल फुल्छ र त्यस समय यहाँ गोदावरी मेला लाग्ने गर्दछ । गोदावरी फूल फुल्दा ओडारमा दूध जस्तो तरल पदार्थ चुहिने गर्दछ । त्यसमा मानिसले नुहाएमा रोग नलाग्ने र छालाहरु सधैँ नरम रहने विश्वार गरिन्छ ।

यहाँ दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं लगायतका स्थानबाट मानिसहरू आउने गर्छन् ।
राजधानी काठमाडौँबाट अरनिको राजमार्ग हुँदै लामोसाँगु जिरी सडक खण्डको मुडे बाजारबाट बाघखोर हुँदै १२० किलो मिटरको दुरीमा करीब पाँच घण्टा र सदरमुकाम चरिकोटबाट मांकाल मन्दिर हुँदै ३८ किलोमिटरको दुरीमा करिब डेढ घण्टामा कालापानी पुग्न सकिन्छ । त्यहाँबाट करिब ४५ मिनेटदेखि एक घण्टा सिँढीमा हिडेर धर्मद्वार लगायत पवित्र भूमि शैलुङ पुगिने अध्यक्ष दुलालले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार  ९ : ४७ बजे

अर्थमन्त्री खनाल र एडीबी अध्यक्षबीच भेटवार्ता : नेपालका परियोजना प्रगति र चुनौतीमा छलफल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एसियाली विकास बैंक (एडीबी)

आज विश्व खाद्य दिवस : ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’

काठमाडौं । विश्वभर आज (बिहीबार) ४५ औँ विश्व खाद्य दिवस

१७ निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक निर्माणमा प्रतिबन्ध

काठमाडौं । सरकारले १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

राति मौसम सफा, दिउँसो तीन प्रदेशका पहाडमा हल्का वर्षाको सम्भावना

काठमाडौं । आज (बिहीबार) दिउँसो देशका केही पहाडी भूभागमा हल्का

ट्रम्पको दाबी : भारतले अब रूसबाट तेल नकिन्न

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रूसबाट तेल