२०८२, २ असार सोमबार

आज बालुवाटारमा संवैधानिक परिषद् बैठक, पदाधिकारी नियुक्ति एजेण्डा

आज बालुवाटारमा संवैधानिक परिषद् बैठक, पदाधिकारी नियुक्ति एजेण्डा


काठमाडौं ३० मंसिर  :  संवैधानिक परिषदको बैठक आज बस्दैछ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका स्वकीय सचिव उदय तिमिल्सिनाका अनुसार बैठक विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।

बैठकमा रिक्त रहेका विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्तीका विषयमा छलफल हुनेछ। लामो समयदेखि संवैधानिक परिषदको बैठक बस्न नसक्दा संविधानले पहिलोपटक संवैधानिक हैसियत दिएका आयोगहरूसमेत संविधान जारी भएको पाँच वर्षसम्म पनि गठन हुन सकेका छैनन् । हाल १३ वटा संवैधानिक आयोग छन्। तर तिनमा अहिले प्रमुखसहित ४५ पद रिक्त रहेको छ।

यसअघि गत आइतबार बोलाइएको संवैधानिक परिषदको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा नजाँदा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो।

आजको बैठकमा भने कांग्रेस सभापति देउवा बैठकमा सहभागी हुने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। यसअघि संवैधानिक निकायमा नियुक्तिका विषयमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफलसमेत भएको थियो।

संविधानको धारा २८४ अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको परिषद्मा प्रधानन्यायाधीश,प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता, र प्रतिनिधिसभाका उपसभामुख, सदस्य रहने व्यवस्था छ। तर उपसभामुख चयन भइनसकेकाले अहिले परिषद्को सदस्य संख्या पाँच मात्रै छ।

संवैधानिक परिषद्सम्बन्धी ऐन, २०६६ अनुसार परिषद्का अध्यक्ष र चारजना सदस्य उपस्थित भएमा मात्रै परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिन्छ ।

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार  ९ : ३१ बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार