२०८३, ३१ श्रावण सोमबार

कर्मचारी सुधार अभियान : कार्यालयबाट सेयरसम्बन्धी काम गर्न प्रतिबन्ध

कर्मचारी सुधार अभियान : कार्यालयबाट सेयरसम्बन्धी काम गर्न प्रतिबन्ध


काठमाडौं ३० मंसिर : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीमा देखिएका विकृति हटाउँदै कर्मचारी प्रशासनलाई सुधारतर्फ अघि बढाउने अभियानलाई निरन्तरता दिएको छ ।

कर्मचारीमा देखिएको विकृतिले सेवाप्रवाह कमजोर भएको ठहर गर्दै मन्त्रालयले आम कर्मचारीलाई सेवाग्राहीमैत्री र जिम्मेवार बनाउँदै सेवाप्रवाह प्रभावकारी बनाउन त्यस्तो अभियान थालेको हो । सोही अभियानअन्तर्गत मन्त्रालयले सोमबार मात्रै कार्यालयको समयमा कुनै पनि कर्मचारीले सेयरसम्बन्धी कार्य गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले कुनै पनि कर्मचारीले कार्यालय समयमा विद्युतीय माध्यम प्रयोग गरी सेयरसम्बन्धी कारोबार गर्न नपाउने गरी रोक लगाएको हो ।

अधिकांश कर्मचारी कार्यालय समयमा सेयर कारोबारमा संलग्न रहँदै आएको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार नै राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र लेख्दै कर्मचारीले कार्यालय समयमा सेयरसम्बन्धी कार्य गरे नगरेको अनुगमन गर्दै त्यस्तो कार्य गरेको पाइए कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

यसअघि मन्त्रालयले उच्च पदस्थ कर्मचारीलाई लोकसेवा परीक्षाका लागि विभिन्न इन्स्टिच्युटमा गएर पढाउन प्रतिबन्ध लगाएको थियो । सुधारक र ‘बोल्ड’ निर्णय क्षमताका प्रशासकका रूपमा परिचित एकनारायण अर्याल सचिवका रूपमा आएपछि संघीय मामिला तथा सामान्य प्रशासनले एकपछि अर्को सुधारका कार्यलाई अभियानकै रूपमा अघि सार्दै आइरहेको मन्त्रालयका कर्मचारी बताउँछन् ।

मन्त्रालयले सोमबार नै बहालवाला कर्मचारीबाट कानुनी तथा मन्त्रालयले गरेका निर्णयको पालना भए नभएको सम्बन्धमा नियमित रूपमा अनुगमन गरी कानुन तथा निर्णय परिपालनको अवस्थालाई प्रभावकारी बनाउन सतर्कता केन्द्रलाई पत्राचार गरेको छ । साथै मन्त्रालयले आफैं पनि त्यस सम्बन्धमा अनुगमन गर्ने जनाएको छ ।

मन्त्रालयले सबै कर्मचारी कार्यालयमा नियमित रूपमा उपस्थित भए नभएको तथा पोसाक नियमित रूपमा लगाए नलगाएको बारेमा समेत अनुगमन गर्न सतर्कता केन्द्रलाई आग्रह गरेको छ । निजामती सेवा ऐनको दफा ४८ विपरीत हुने गरी कर्मचारीले व्यापार व्यवसाय सञ्चालन गरे नगरेको बारेमा समेत अनुगमन गरी त्यसविपरीत कार्य गरेको पाइए कडा कारबाही प्रक्रिया थाल्न सतर्कता केन्द्रको ध्यानाकृष्ट गराइएको मन्त्रालयले जनाएको छ । राजधानी दैनिकबाट

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार  ८ : २५ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा