२०८२, २८ चैत्र आईतबार

तराईमा बाक्लो हुस्सु, काठमाडौंको तापक्रम ३ डिग्री

तराईमा बाक्लो हुस्सु, काठमाडौंको तापक्रम ३ डिग्री


काठमाडौं, ३० मंसिर  :  देशभर चिसो बढेको छ । अहिले ९मंगलबार बिहान० तराईका अधिकांश भाग हुस्सु–कुहिरोले ढाकेको छ भने काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ ।

अहिले तराईका अधिकांश क्षेत्रमा हुस्सु–कुहिरो लागेको छ भने पहाडी क्षेत्रका पनि केही स्थानमा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिएकी छिन् । अहिले बिहान ९साढे ६ बजे गरिएको मापन० काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको उनले जानकारी दिइन् ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको तराईका अधिकांश भूभागमा कुहिरो र हुस्सु लागेको अवस्था छ ।
यसैगरी, आज दिउँसो प्रदेश–१, प्रदेश २ तथा बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

आज ९मंगलबार० राति प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।

बुधबार दिउँसो प्रदेश–१, प्रदेश २, तथा गण्डकी प्रदेशका भूभागहरुमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, राति देशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यसैगरी, बिहीबार दिउँसो देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, राति देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार  ८ : १५ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४