२०८३, ७ कार्तिक शनिबार

अख्तियारद्वारा मालपोतका लेखा अधिकृतविरुद्ध साढे चार करोडको भ्रष्टाचार मुद्दा

अख्तियारद्वारा मालपोतका लेखा अधिकृतविरुद्ध साढे चार करोडको भ्रष्टाचार मुद्दा

४ करोड ५० लाख १३ हजार ८०६ रुपैयाँ भ्रष्टाचार


काठमाडौं, २९ मंसिर :   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जीसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

राजस्व चुहावट एवं हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा लेखा अधिकृत दर्जीसहित नायब सुब्बा मनोजकुमार निरौला र लेखापाल बलराम सापकोटाविरुद्ध अख्तियारले सोमबार मुद्दा दायर गरेको हो ।

अख्तियारले दायर गरेको आरोप पत्रमा लेखा अधिकृत दर्जीले ७ करोड ८ लाख १७ हजार ३७ रुपैयाँ राजस्व संकलन भएकोमा २ करोड ५८ लाख ३ हजार २३१ रुपैयाँ मात्र बैंक दाखिला गरी बाँकी ४ करोड ५० लाख १३ हजार ८०६ रुपैयाँ भ्रष्टाचार गरेको उल्लेख छ ।

दर्जीले सम्बन्धित बैंकको सरकारी छाप तथा कर्मचारीको दस्तखत समेत कीर्ते गरी नक्कली भौचरहरु तयार गरी दाखिला गरिएका बैक भौचर आफैंले सच्याएर रकम हिनामिना गरेको आरोप पत्रमा उल्लेख छ ।

यसैगरी लेखापाल सापकोटाले मालपोत कार्यालय भरतपुर चितवनको विभिन्न फाँटमा संकलित राजस्व रकममध्ये ५८ लाख ४३ हजार ८०६ रुपैयाँ ७५ पैसा सम्बन्धित बैंक खातामा दाखिला नगरी हिनामिना गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

यस्तै नायब सुब्बा निरौलाले मुद्दा फाँटमा संकलित राजस्व रकममध्ये ४ लाख ७१ हजार ६१८ रुपैयाँ लेखा शाखामा नबुझाई भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

मालपोत कार्यालय भरतपुरले आर्थिक वर्ष २०७३–०७४ तथा २०७४–०७५ को आन्तरिक लेखापरीक्षण हुँदा विभिन्न फाँटबाट नगदी रसिद काटी संकलित राजस्व रकम लेखा शाखाबाट बैंक दाखिला हुन नसकेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरुमाथि अनुसन्धान थालेको थियो ।

प्रकाशित मिति : २०७७, २९ मंसिर सोमबार  ८ : २८ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने