२०८३, १४ बैशाख मंगलबार

अख्तियारद्वारा मालपोतका लेखा अधिकृतविरुद्ध साढे चार करोडको भ्रष्टाचार मुद्दा

अख्तियारद्वारा मालपोतका लेखा अधिकृतविरुद्ध साढे चार करोडको भ्रष्टाचार मुद्दा

४ करोड ५० लाख १३ हजार ८०६ रुपैयाँ भ्रष्टाचार


काठमाडौं, २९ मंसिर :   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जीसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

राजस्व चुहावट एवं हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा लेखा अधिकृत दर्जीसहित नायब सुब्बा मनोजकुमार निरौला र लेखापाल बलराम सापकोटाविरुद्ध अख्तियारले सोमबार मुद्दा दायर गरेको हो ।

अख्तियारले दायर गरेको आरोप पत्रमा लेखा अधिकृत दर्जीले ७ करोड ८ लाख १७ हजार ३७ रुपैयाँ राजस्व संकलन भएकोमा २ करोड ५८ लाख ३ हजार २३१ रुपैयाँ मात्र बैंक दाखिला गरी बाँकी ४ करोड ५० लाख १३ हजार ८०६ रुपैयाँ भ्रष्टाचार गरेको उल्लेख छ ।

दर्जीले सम्बन्धित बैंकको सरकारी छाप तथा कर्मचारीको दस्तखत समेत कीर्ते गरी नक्कली भौचरहरु तयार गरी दाखिला गरिएका बैक भौचर आफैंले सच्याएर रकम हिनामिना गरेको आरोप पत्रमा उल्लेख छ ।

यसैगरी लेखापाल सापकोटाले मालपोत कार्यालय भरतपुर चितवनको विभिन्न फाँटमा संकलित राजस्व रकममध्ये ५८ लाख ४३ हजार ८०६ रुपैयाँ ७५ पैसा सम्बन्धित बैंक खातामा दाखिला नगरी हिनामिना गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

यस्तै नायब सुब्बा निरौलाले मुद्दा फाँटमा संकलित राजस्व रकममध्ये ४ लाख ७१ हजार ६१८ रुपैयाँ लेखा शाखामा नबुझाई भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

मालपोत कार्यालय भरतपुरले आर्थिक वर्ष २०७३–०७४ तथा २०७४–०७५ को आन्तरिक लेखापरीक्षण हुँदा विभिन्न फाँटबाट नगदी रसिद काटी संकलित राजस्व रकम लेखा शाखाबाट बैंक दाखिला हुन नसकेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरुमाथि अनुसन्धान थालेको थियो ।

प्रकाशित मिति : २०७७, २९ मंसिर सोमबार  ८ : २८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले