२०८२, ८ चैत्र सोमबार

धुलिखेल ११ का करिब ५ सय घरमा पानी सहितको धारा

धुलिखेल ११ का करिब ५ सय घरमा पानी सहितको धारा


काभ्रे : धुलिखेल नगरपालिकाको वडा नम्बर ११ ठाटीथोकमा एक घर, एक धारा कार्यक्रम सुरु भएको छ । सबै घरधुरीमा पानी सहितको धारा पुर्याउने उद्देश्यले ठाटीथोकमा लिफ्ट विधि मार्फत खानेपानी ल्याइएको छ ।

ठाटीमा रहेको एक विद्यालय सहित ४७ घरधुरीमा एक घर, एक धारा पुर्याइएको वडाध्यक्ष विष्णु धितालले जानकारी दिनुभयो । नगरपालिकाको २६ लाख लागतमा निर्माण सकिएको लिफ्ट खानेपानी आयोजना को आज नगरप्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नुभएको हो । यो सँगै वडा नम्बर ११ का ४८५ घरधुरीमा एक घर, एक धारा पुगेको छ ।

वडामा ८ सय ७३ घरधुरी रहेको छ । यो वर्ष ४ वटा खानेपानी आयोजना निर्माण भइरहेका छन् । वडाध्यक्ष धितालका अनुसार यो वर्ष वडाका ९५ प्रतिशत घरधुरीमा एक घर, एक धारा पुग्ने छ । बाँकी घर धुरीका लागि अर्को वर्ष पुर्याउने गरी काम भइरहेको छ । धुलिखेल नगरपालिकाले १२ वाटै वडामा एक घर, एक धारा पुर्याउन कामलाई तीब्रता दिइरहेको छ ।

प्रकाशित मिति : २०७७, २७ मंसिर शनिबार  ६ : २८ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको