२०८२, २४ कार्तिक आईतबार

धुलिखेल ११ का करिब ५ सय घरमा पानी सहितको धारा

धुलिखेल ११ का करिब ५ सय घरमा पानी सहितको धारा


काभ्रे : धुलिखेल नगरपालिकाको वडा नम्बर ११ ठाटीथोकमा एक घर, एक धारा कार्यक्रम सुरु भएको छ । सबै घरधुरीमा पानी सहितको धारा पुर्याउने उद्देश्यले ठाटीथोकमा लिफ्ट विधि मार्फत खानेपानी ल्याइएको छ ।

ठाटीमा रहेको एक विद्यालय सहित ४७ घरधुरीमा एक घर, एक धारा पुर्याइएको वडाध्यक्ष विष्णु धितालले जानकारी दिनुभयो । नगरपालिकाको २६ लाख लागतमा निर्माण सकिएको लिफ्ट खानेपानी आयोजना को आज नगरप्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नुभएको हो । यो सँगै वडा नम्बर ११ का ४८५ घरधुरीमा एक घर, एक धारा पुगेको छ ।

वडामा ८ सय ७३ घरधुरी रहेको छ । यो वर्ष ४ वटा खानेपानी आयोजना निर्माण भइरहेका छन् । वडाध्यक्ष धितालका अनुसार यो वर्ष वडाका ९५ प्रतिशत घरधुरीमा एक घर, एक धारा पुग्ने छ । बाँकी घर धुरीका लागि अर्को वर्ष पुर्याउने गरी काम भइरहेको छ । धुलिखेल नगरपालिकाले १२ वाटै वडामा एक घर, एक धारा पुर्याउन कामलाई तीब्रता दिइरहेको छ ।

प्रकाशित मिति : २०७७, २७ मंसिर शनिबार  ६ : २८ बजे

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको