काठमाडौं, २६ मंसिर : नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कमानसिंह लामा र आफूबीच लामो समयदेखिको सम्बन्ध रहेको बताएका छन ।
उनले आफूविरुद्ध लागेको आरोपका विषयमा स्पष्टीकरण दिँदै लामाकै अनुरोधमा आफूले मध्यस्थता गरेको बताएका हुन । उनले भने, ‘एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ ।’
‘बाहिर आएको अडियो मैले पनि सुनेँ, त्यसमा केही आपत्तिजनक छ भन्ने मलाई लाग्दैन’, उनले भने, ‘म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ ।’
‘मेरो चरित्रहत्या गर्न खोज्नेलाई यति भन्नुछ, कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु’, श्रेष्ठले भने, ‘कमानसिंहको मृत्युमा सबैभन्दा दुःखी हुनेमध्ये म पनि एकजना हुँ ।’
प्रतिक्रिया