२०८३, २६ भाद्र शनिबार

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह हुने

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह हुने


काठमाडौं २५ मंसिर  :  गण्डकी प्रदेशका दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच भोलि शुक्रबार विवाह हुँदै छ । कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङबीच विवाह हुन लागेको हो ।

अध्यक्ष र उपाध्यक्ष गुरुङबीच शुक्रबार पोखरामा विवाह हुने कार्यक्रम छ । उक्त विवाह समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ रहने कार्यक्रम रहेको बताइएको छ ।

‘परिवारको स्वीकृतिमा नै उनीहरुले विवाह गर्न लागेका हुन् । विवाह समारोह भने सामान्य हुने छ । कोरोना भाइरसको जोखिमका कारण
अधिकांश आफन्त, शुभेच्छुक, राजनीतिक दलका नेता र कार्यकर्तालाई विवाहमा निम्तो नगरिएको कर्ण गुरुङको पारिवारिक स्रोतले जनाएको छ । कर्ण र शर्मिलामा दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् ।

प्रकाशित मिति : २०७७, २५ मंसिर बिहीबार  ३ : ३१ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।