२०८२, ३ असार मंगलबार

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह हुने

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह हुने


काठमाडौं २५ मंसिर  :  गण्डकी प्रदेशका दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच भोलि शुक्रबार विवाह हुँदै छ । कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङबीच विवाह हुन लागेको हो ।

अध्यक्ष र उपाध्यक्ष गुरुङबीच शुक्रबार पोखरामा विवाह हुने कार्यक्रम छ । उक्त विवाह समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ रहने कार्यक्रम रहेको बताइएको छ ।

‘परिवारको स्वीकृतिमा नै उनीहरुले विवाह गर्न लागेका हुन् । विवाह समारोह भने सामान्य हुने छ । कोरोना भाइरसको जोखिमका कारण
अधिकांश आफन्त, शुभेच्छुक, राजनीतिक दलका नेता र कार्यकर्तालाई विवाहमा निम्तो नगरिएको कर्ण गुरुङको पारिवारिक स्रोतले जनाएको छ । कर्ण र शर्मिलामा दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् ।

प्रकाशित मिति : २०७७, २५ मंसिर बिहीबार  ३ : ३१ बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार