काठमाडौं २५ मंसिर : गण्डकी प्रदेशका दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच भोलि शुक्रबार विवाह हुँदै छ । कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङबीच विवाह हुन लागेको हो ।
अध्यक्ष र उपाध्यक्ष गुरुङबीच शुक्रबार पोखरामा विवाह हुने कार्यक्रम छ । उक्त विवाह समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ रहने कार्यक्रम रहेको बताइएको छ ।
‘परिवारको स्वीकृतिमा नै उनीहरुले विवाह गर्न लागेका हुन् । विवाह समारोह भने सामान्य हुने छ । कोरोना भाइरसको जोखिमका कारण
अधिकांश आफन्त, शुभेच्छुक, राजनीतिक दलका नेता र कार्यकर्तालाई विवाहमा निम्तो नगरिएको कर्ण गुरुङको पारिवारिक स्रोतले जनाएको छ । कर्ण र शर्मिलामा दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् ।
प्रतिक्रिया