२०८३, ६ बैशाख सोमबार

काभ्रेका कोरोना संक्रमित मध्ये आज ३६ जना डिस्चार्ज,७ जनामा संक्रमण पुष्टि

काभ्रेका कोरोना संक्रमित मध्ये आज ३६ जना डिस्चार्ज,७ जनामा संक्रमण पुष्टि


काभ्रे : काभ्रेका कोरोना भाईरसका संक्रमित मध्ये आज ३६ जना डिस्चार्ज भएका छन् भने ७ जना नयाँ संक्रमित थपिएका छन् । आज ३६ जना डिस्चार्ज भए संगै जिल्लाका २ हजार ७ सय ६७ जना भाईरस मुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यस्तै बनेपाबाट १ पुरुष र २ महिला, नमोबुद्धबाट १ महिला र बेथानचोक गाँउपालिकाबाट ३ पुरुष गरी जिल्लामा ७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा ३ हजार ३५जना संक्रमित भएका छन् ।

जिल्लामा अझै २ सय २९ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये ८ जना अस्पताल आइसोलेसनमा र २ सय २१ जना होम आइसोलेसनमा रहेको डाक्टर झाले जानकारी दिनुभयो । यसैबिच भाईरसको संक्रमण बाट जिल्लामा थप एकको ज्यान गएको स्वास्थ्य कार्यालयले दैनिक उपलब्ध गराउने बिवरणमा उल्लेख गरिएको छ । बनेपाका ८० वर्षिय महिलाको मेडिसिटि अस्पतालमा ज्यान गएको हो ।

ति महिलामा कार्तिक ४ गते भाईरसको संक्रमण पुष्टि भएका थियो । यो संगै भाईरसको संक्रमण बाट जिल्लाका १२ महिला र २७ पुरुष गरि ३९ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २०७७, २१ मंसिर आईतबार  ६ : २६ बजे

सेयर बजार १३ अंकले घट्यो, ४ कम्पनीमा १५ प्रतिशतसम्मको उछाल

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक

आयल निगममा धर्ना दिन गएका जेन-जी युवा प्रहरीद्वारा हटाइए, मूल्यवृद्धि फिर्ताको माग

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै राष्ट्रिय जेन-जी

चलचित्र “सारथी” को मुहूर्त सम्पन्न, निरुता सिंह र उत्तम प्रधानको पुनरागमन

मकवानपुर । आज बिहान करिब ८ बजे भद्रकाली मन्दिरमा नेपाली

भीमफेदीमा कोदो उत्पादनमा उल्लेखनीय वृद्धि, ५५० मेट्रिक टन उत्पादनसँगै ३३ लाख बढी अनुदान वितरण

मकवानपुर । भीमफेदी गाउँपालिकामा चालू आर्थिक वर्षमा रैथाने बाली कोदो

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदिप ज्ञवाली

काठमाडौं । प्रदीप ज्ञवाली ले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने