२०८३, ७ कार्तिक शनिबार

काभ्रेका कोरोना संक्रमित मध्ये आज २१ जना डिस्चार्ज हुदा, थप एकको ज्यान गयो

काभ्रेका कोरोना संक्रमित मध्ये आज २१ जना डिस्चार्ज हुदा, थप एकको ज्यान गयो


काभ्रे : काभ्रेका कोरोना भाईरसका संक्रमित मध्ये आज २१ जना डिस्चार्ज भएका छन्  । जिल्लाका संक्रमित मध्ये हाल सम्म २ हजार ७ सय ३१ जना भाईरस मुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यस्तै जिल्लामा आज २१ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितहरुमा बनेपाबाट २ पुरुष र ५ महिला,धुलिखेलबाट १ महिला ५ पुरुष,पनौतीबाट १ महिला, पाँचखालबाट ४ पुरुष, मण्डनदेउपुर नगरपालिका १ पुरुष,बेथाचोक गाँउपालिका १ महिला र १ पुरुष रहेको कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार २८ पुगेको छ । अझै जिल्लामा २ सय ५९ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये ८ जना अस्पताल आइसोलेसनमा र २ सय ५१ जना होम आइसोलेसनमा रहेको डाक्टर झाले जानकारी दिनुभयो ।

यसैबिच भाईरसको संक्रमण बाट जिल्लामा थप एकको ज्यान गएको छ । धुलिखेलका ६७ वर्षिय संक्रमित महिलाको धुलिखेल अस्पतालमा आज ज्यान गएको हो । ति महिलामा कार्तिक २८ गते संक्रमण पुष्टि भएका थियो । यो संगै भाईरसको संक्रमण बाट जिल्लाका ११ महिला र २७ पुरुष गरि ३८ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २०७७, २० मंसिर शनिबार  ६ : १५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना