२०८२, २९ फाल्गुन शनिबार

रात्रि बसको ठक्करले दिँदा कार चालकको मृत्यु

रात्रि बसको ठक्करले दिँदा कार चालकको मृत्यु


सर्लाही, १८ मंसिर । पूर्व–पश्चिम राजमार्गमा पर्ने सर्लाहीको बाँके जंगलमा वुधवार राति बस र कार आपसमा ठोक्किँदा कार चालकको मृत्यु भएको छ ।

जनकपुरबाट सर्लाही सदरमुकाम मलंगवा आउँदै गरेको ना ४ ख २७९६ नम्वरको बस र विपरीत दिशातर्फ गइरहेको प्रदेश २–०२–००१–च ०३१९ नम्बरको कार आपसमा ठक्कर खाँदा कार चालक महोत्तरीको मनरा नगरपालिका– १ का नागेन्द्र कुमार सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति ८ बजे दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाईते भएका सिंहलाई उपचारका लागि लालबन्दीतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनापछि बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १८ मंसिर बिहीबार  १० : २३ बजे

कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन दूतावासको अनुरोध

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन इच्छुक नेपाली

गगनलाई ३० बढी केन्द्रीय सदस्यको सुझाव : राजीनामा विकल्प होइन

काठमाडौं । नेपाली कांग्रेसका करिब ३० भन्दा बढी केन्द्रीय सदस्यहरूले

एमालेको समीक्षा : भदौ २३-२४ घटनाबारे गलत भाष्यले जनमत प्रभावित

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले भदौ २३

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाका लागि समानुपातिक तर्फका चार

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ। आज