२०८२, १ माघ बिहीबार

जन्ती बोकेको जीप दुर्घटना, बेहुला बेहुली सहित१३ जना घाइते

जन्ती बोकेको जीप दुर्घटना, बेहुला बेहुली सहित१३ जना घाइते


धनगढी, १८ मंसिर । कैलाली जिल्लामा जन्ती बोकेको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

बुधबार राति गोदावरी नगरपालिका– ४ गाईमारास्थित भीमदत्त राजमार्गमा बैतडीबाट जन्ती बोकेर बेलौरी कञ्चनपुरतर्फ आइरहेको सुपप्र ०१००१ ज १२५४ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका हुन् ।

दुर्घटनामा बेहुला कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का २१ वर्षिय गोबिन्द लुहार, बेहुली दोगडा केदार नगरपालिका वडा नम्बर ६ की २० वर्षीया डम्मरा लुहार घाइते भएका छन् ।

जीप चालक पुनरवास नगरपालिका वडा नम्बर २ का ३० वर्षिय वीरबहादुर सार्की गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले सेतोपाटीलाई जानकारी दिए ।

घाइते हुनेमा कंचनपुरकै बेहुला पट्टीका पुनरवास नगरपालिका ३ का २१ वर्षीय राजु पार्की, कृष्णपुर नगरपालिका ३ का २६ वर्षीय गोरे लुहार, बेलौरी नगरपालिका ३ का प्रदीप चौधरी छन् ।

बेलौरी नगरपालिका ३ का १४ वर्षीय विशाल चौधरी, सोही ठाउँका २१ वर्षीय हरिष लुहार, बेलौरी नगरपालिका ३ का २७ वर्षका निर्मल चौधरी, सोही ठाउँकी २५ वर्षीया राधा चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

बेहुली पक्षका बैतडी दोगडा केदार गाउँपालिका वडा नम्बर ८ का १५ वर्षीय शेर लावड, दोगडा केदार गाउँपालिका ६ का ५० वर्षीय लक्षी लुहार र सोही ठाउँका २० वर्षका अर्जुन लुहार घाइते छन् ।

प्रकाशित मिति : २०७७, १८ मंसिर बिहीबार  ९ : ३८ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा