२०८२, २८ चैत्र आईतबार

जन्ती बोकेको जीप दुर्घटना, बेहुला बेहुली सहित१३ जना घाइते

जन्ती बोकेको जीप दुर्घटना, बेहुला बेहुली सहित१३ जना घाइते


धनगढी, १८ मंसिर । कैलाली जिल्लामा जन्ती बोकेको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

बुधबार राति गोदावरी नगरपालिका– ४ गाईमारास्थित भीमदत्त राजमार्गमा बैतडीबाट जन्ती बोकेर बेलौरी कञ्चनपुरतर्फ आइरहेको सुपप्र ०१००१ ज १२५४ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका हुन् ।

दुर्घटनामा बेहुला कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का २१ वर्षिय गोबिन्द लुहार, बेहुली दोगडा केदार नगरपालिका वडा नम्बर ६ की २० वर्षीया डम्मरा लुहार घाइते भएका छन् ।

जीप चालक पुनरवास नगरपालिका वडा नम्बर २ का ३० वर्षिय वीरबहादुर सार्की गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले सेतोपाटीलाई जानकारी दिए ।

घाइते हुनेमा कंचनपुरकै बेहुला पट्टीका पुनरवास नगरपालिका ३ का २१ वर्षीय राजु पार्की, कृष्णपुर नगरपालिका ३ का २६ वर्षीय गोरे लुहार, बेलौरी नगरपालिका ३ का प्रदीप चौधरी छन् ।

बेलौरी नगरपालिका ३ का १४ वर्षीय विशाल चौधरी, सोही ठाउँका २१ वर्षीय हरिष लुहार, बेलौरी नगरपालिका ३ का २७ वर्षका निर्मल चौधरी, सोही ठाउँकी २५ वर्षीया राधा चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

बेहुली पक्षका बैतडी दोगडा केदार गाउँपालिका वडा नम्बर ८ का १५ वर्षीय शेर लावड, दोगडा केदार गाउँपालिका ६ का ५० वर्षीय लक्षी लुहार र सोही ठाउँका २० वर्षका अर्जुन लुहार घाइते छन् ।

प्रकाशित मिति : २०७७, १८ मंसिर बिहीबार  ९ : ३८ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४