२०८२, ८ चैत्र सोमबार

ईको हिमालको मण्डनदेउपुरमा प्राङगारीक खेतीबारे तालीम

ईको हिमालको मण्डनदेउपुरमा प्राङगारीक खेतीबारे तालीम


धुलिखेल १७ मंसिर काभ्रेको मण्डन देउपुरका किसनलाई प्राङगारीक खेती सम्बन्धी तालीम दिएको छ । ईको हिमाल नेपालको आर्थिक सहयोगमा सञ्चालित मण्डनदेउपुर कृषि वन परीयोजना अन्र्तगत प्राङगारीक प्रमाण्ीकरण प्रकृया सम्बन्धि तालिम सञ्चालन गरिएको परियोजनाका कृषि प्रबिधिक उमिशा सापकोटाले जानकारी दिनुभयो ।

नगरपालिकाको वडा नम्बर १,३, १०, ११ र १२ का किसानलाई प्राङगारीक खेतीको परीचय , महत्व, खेती गर्दा आउने समस्या, समाधानका उपाय र बजारीकरण सम्बन्धी जानकारी दिईएको थियो । यस्तै प्राङगारीक खेतीको सिदान्त ,स्वास्थ्य माटो, पर्यावरणीय चक्र ,स्वच्छ ब्यबहार,स्याहारको सिदान्त प्राङगारीक प्रमाणिकरणको लागी आवश्यक प्रकृया बारे प्रयोगात्मक छलफल गरिएको परियोजनाका कृषि प्रबिधिक सापकोटाले बताउनुभयो । तालिममा ३ जना महिला र १६ जना पुरुष गरी १९ जना किसान सहभागी भएका थिए ।

प्रकाशित मिति : २०७७, १७ मंसिर बुधबार  ९ : ५५ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको