२०८२, २१ माघ बुधबार

काभ्रेको भुम्लु गाउँपालिकामा नवर्निमित प्रहरीचौकी भवन उद्घाटन

काभ्रेको भुम्लु गाउँपालिकामा नवर्निमित प्रहरीचौकी भवन उद्घाटन

२ करोड ३२ लाखमा बन्यो प्रहरीको अत्याधुनिक आठकोठे भवन


धुलिखेल १४ मंसिर जिल्लाको भुम्लु गाउँपालिकामा नवर्निमित प्रहरीचौकी भवन उद्घाटन गरिएको छ ।  बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा भुम्लु गाउँपालिका–७ को फलाटेमा बनेको नवर्निमित प्रहरी चौकी भवनको उद्घाटन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले गर्नुभएको हो ।

फलाटे प्रहरीचौकीको भवन दुई करोड ३१ लाख ७० हजार रुपैयाँमा निर्माण सम्पन्न भएको प्रदेश प्रहरी भौतिक पूर्वाधार शाखाका प्रहरी निरीक्षक बिमलादेवी श्रेष्ठले बताउनु भयो ।  कार्यक्रममा मन्त्री जम्कट्टेलले प्रहरी नागरिकका साथी भएकाले हरेक विकास निर्माणमा शान्ति सुरक्षालाई प्राथमिकता दिनपर्ने बताउनु भयो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख बसन्तकुमार लामाले बागमती प्रदेश सरकारले हरेक जिल्लाको ग्रामिण भेगमा प्रहरी चौकी निर्माण गर्ने अभियान थालेकाले अभियानमा सबै क्षेत्रले सहयोग गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य लक्ष्मण लम्साल, भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले प्रदेश सरकारले गरेको कामको प्रसंसा गर्नुभएको थियो ।  काभ्रे जिल्लामा बागमती प्रदेश सरकारको सहयोगमा ६ प्रहरी चौकी र दुई इलाका प्रहरी कार्यालय निर्माण भैरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविकुमार पौडेलले बताउनु भयो । प्रहरी चौकी निर्माणका लागि जग्गा उपलब्ध गराउने दातालाई मन्त्री जम्कट्टेलले सम्मान गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७, १४ मंसिर आईतबार  ७ : ३४ बजे

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक