२०८२, २१ असार शनिबार

काभ्रेको भुम्लु गाउँपालिकामा नवर्निमित प्रहरीचौकी भवन उद्घाटन

काभ्रेको भुम्लु गाउँपालिकामा नवर्निमित प्रहरीचौकी भवन उद्घाटन

२ करोड ३२ लाखमा बन्यो प्रहरीको अत्याधुनिक आठकोठे भवन


धुलिखेल १४ मंसिर जिल्लाको भुम्लु गाउँपालिकामा नवर्निमित प्रहरीचौकी भवन उद्घाटन गरिएको छ ।  बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा भुम्लु गाउँपालिका–७ को फलाटेमा बनेको नवर्निमित प्रहरी चौकी भवनको उद्घाटन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले गर्नुभएको हो ।

फलाटे प्रहरीचौकीको भवन दुई करोड ३१ लाख ७० हजार रुपैयाँमा निर्माण सम्पन्न भएको प्रदेश प्रहरी भौतिक पूर्वाधार शाखाका प्रहरी निरीक्षक बिमलादेवी श्रेष्ठले बताउनु भयो ।  कार्यक्रममा मन्त्री जम्कट्टेलले प्रहरी नागरिकका साथी भएकाले हरेक विकास निर्माणमा शान्ति सुरक्षालाई प्राथमिकता दिनपर्ने बताउनु भयो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख बसन्तकुमार लामाले बागमती प्रदेश सरकारले हरेक जिल्लाको ग्रामिण भेगमा प्रहरी चौकी निर्माण गर्ने अभियान थालेकाले अभियानमा सबै क्षेत्रले सहयोग गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य लक्ष्मण लम्साल, भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले प्रदेश सरकारले गरेको कामको प्रसंसा गर्नुभएको थियो ।  काभ्रे जिल्लामा बागमती प्रदेश सरकारको सहयोगमा ६ प्रहरी चौकी र दुई इलाका प्रहरी कार्यालय निर्माण भैरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविकुमार पौडेलले बताउनु भयो । प्रहरी चौकी निर्माणका लागि जग्गा उपलब्ध गराउने दातालाई मन्त्री जम्कट्टेलले सम्मान गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७, १४ मंसिर आईतबार  ७ : ३४ बजे

रामेछापका आधा सरकारी कार्यालय स्वतः प्रकाशित गर्नुपर्ने सूचना पनि प्रकाशित गर्दैनन्

रामेछाप । रामेछाप जिल्लाका झण्डै आधा सरकारी कार्यालयमा सूचनाको हक

तस्विरमा धरहरा वरपरकाे क्षेत्र

काठमाडौं । धरहरा परिसर पुनर्निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक