रोशी १४ मंसिर : काभ्रेको रोशी गाँउपालिकाका महिलाहरुलाई ढाका बुन्न सिकाईने भएको छ । आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा नै ढाका बुनाई तालिम संञ्चालन गर्न बजेट विनियोजन गरिएको छ । गाँउपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङका अनुसार गाँउपालिकाको सबै वडाका महिलाहरुलाई लक्षित गरि तालिम संञ्चालन गर्न लागीएको हो ।
गाउँपालिका भित्रका वडाका २० देखि ४० वर्ष उमेर समुहका ईच्छुक महिलाहरुलाई तालिममा सहभागी हुन गाँउपालिकाले अनुरोध गरेको छ ।
प्रतिक्रिया