२०८३, ७ कार्तिक शनिबार

दुईनाल भरुवा बन्दुक सहित पाँच पक्राउ

दुईनाल भरुवा बन्दुक सहित पाँच पक्राउ


नुवाकोट, १४ मंसिर :  नुवाकोटको विदुर नगरपालिका–८ पिडालुबारीस्थित जङ्गलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बन्दुक लिएर जङ्गलमा सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा लाग्ने १०० ग्राम बारुदसहित उनीहरुलाई शनिबार पक्राउ गरेर कारवाही अघि बढाउन लागिएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा जिल्लाको म्यागङ गाउँपालिका–३ बस्ने २७ वर्षीय रवीन तामाङ, २८ वर्षीय अमर तामाङसहित १७ वर्षीय दुई र १५ वर्षीय एक किशोर रहेका छन् ।

उनीहरुले बन्दुक प्रयोग गरेर लामो समयदेखि सिकार गर्नेहरुको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीको टोलीले जङ्गलबाट रङ्गेहात पक्राउ गर्न सफल भएको जनाइएको छ ।

प्रकाशित मिति : २०७७, १४ मंसिर आईतबार  ११ : २७ बजे

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका