२०८२, ६ श्रावण मंगलबार

कोरोना संक्रमितको उपचारमा खटिएका २६ वर्षीय डा.सुभम उपाध्यायको कोरोनाबाटै मृत्यु

कोरोना संक्रमितको उपचारमा खटिएका २६ वर्षीय डा.सुभम उपाध्यायको कोरोनाबाटै मृत्यु


एजेन्सी । कोरोना भाइरस संक्रमितको उपचारमा लामो समयसम्म काम गरेका डा.शुभम उपाध्यायको कोरोना संक्रमणबाट मृत्यु भएको छ । महिनौँसम्म उनी भारत मध्यप्रदेशको राजधानी भोपालमा कोरोना संक्रमितको उपचारमा खटिएका थिए । कोरोना संक्रमितको उपचार गर्ने डाक्टर उपाध्यायको कोरोना संक्रमणबाटै मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट उनको फोक्सोको ९० प्रतिशत भागमा पानी भरिएको थियो । हवाइ जहाजको माध्यमबाट उपचारका लागि चेन्नइ लैजाने प्रयास असफल भयो । तुफान आउने आशंकामा हवाइ सेवा बन्द भएपछि उनमा फोक्सो प्रत्यारोपण गर्ने तयारी पनि काम लागेन । उनको चिरायू अस्पतालमा मृत्यु भएको छ ।

२६ वर्षीय डाक्टर भोपालको सागर मेडिकल कलेजको शिक्षण अस्पतालमा काम गर्थे । २८ अक्टुबरमा कोरोना संक्रमण भएपछि उनलाई १० नोभेम्बरमा भोपालको चिरायू अस्पतालमा भर्ना गरिएको थियो । भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनका बारेमा चर्चापरिचर्चा भएपछि मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले चेन्नइ लगेर फोक्सो प्रत्यारोपणको व्यवस्था गर्न निर्देशन दिएका थिए । तर, तुफानले गर्दा चेन्नइ लैजान नसकिएको र उनको बुधबार मृत्यु भएको चौहानले बताएका छन् ।

डा. शुभम उपाध्यायको मृत्युपछि भारतमा मात्रै नभएर संसारभर उनका बारेमा चर्चा भइरहेको छ । मुख्यमन्त्री चौहानले भनेका छन्, ‘कोरोनाविरुद्धको अभियानमा निरन्तर खटिएका डा.शुभम उपाध्यायको निधनले म अत्यन्तै दुखी छु । कोरोना संक्रमितको उपचारमा निस्वार्थ काम गरेका उनी संक्रमितको उपचारमै खटिएका बेलामा संक्रमित भएका थिए ।

समाज र मानवीय सेवाको उत्कृष्ट नमुना एवं अनुपम उदाहरण बनेका छन् डा. शुभम ।’ प्रदेश सरकारले डा. उपाध्यायको उपचारका लागि १ करोड भारतीय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो । ८० लाख भारतीय रुपैयाँमा चेन्नइको एक अस्पतालमा फोक्सो प्रत्यारोपण गर्ने अन्तिम तयारी गरे पनि सफल हुन सकेन ।
२६ वर्षीय डा.शुभमका बारेमा अन्तर्राष्ट्रिय मिडियामा विभिन्न समाचार सार्वजनिक भएका छन् । संसारभरबाट उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको उदाहरणीय कामको प्रशंसा गरिएको छ ।

प्रकाशित मिति : २०७७, १२ मंसिर शुक्रबार  ११ : २१ बजे

आज ४३ औं बीपी स्मृति दिवस मनाइँदै

काठमाडौं । ४३औँ बीपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (मंगलबार) पनि

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे

मौसम अपडेट : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय