२०८२, २८ चैत्र आईतबार

भारतीय विदेश सचिव भेटघाटमा व्यस्त नेपाल–भारत बलियो सम्बन्ध बढाउने : विदेश सचिव

भारतीय विदेश सचिव भेटघाटमा व्यस्त नेपाल–भारत बलियो सम्बन्ध बढाउने : विदेश सचिव


काठमाडौं, ११ मंसिर दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले दुई देशको मित्रतालाई कसरी अगाडि बढाउने भनेर नेपाली अधिकारीहरुसँग छलफल हुने बताएका छन् ।

श्रृंगला दुई दिने भ्रमणका क्रममा बिहीबार विहान काठमाडौं आइपुगेका हुन् । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाल आउँदा खुशी लगेको बताए । ‘म पहिले नै नेपाल आउन चाहेको थिएँ तर कोभिडका कारण आउन सकिएन,’ उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीहरुसँग भने, ‘अहिले यहाँ आउन पाउँदा निकै खुशी लागेको छ । हामीबीच अत्यन्त बलियो सम्बन्ध छ । यसलाई कसरी अघि बढाउने भन्नेमै हाम्रो प्रयत्न हुनेछ ।’

उनले आफ्नो दुई दिने भ्रमणका क्रममा नेपाल र भारतबीच निकै महत्वपूर्ण बैठकहरु हुने बताएका छन् । ‘म त्यसका लागि उत्साहित छु,’ उनले भने । यसअघि पनि नेपाल आएको तर, परराष्ट सचिवको रुपमा पहिलो भ्रमण भएको उनले बताए ।

सचिव श्रृंगलाले अघि भने, ‘भारत र नेपाल निकतटम मित्र हो । मेरो निकै मिटिङ हुन्छ आज । हामी निकतटम मित्रतालाई कसरी अगाडि बढाउने भनेर कुरा गरौंला ।’ उनका अनुसार भोलि गोरखा र मनाङको भ्रमणमा पनि जाने कार्यक्रम छ ।

प्रकाशित मिति : २०७७, ११ मंसिर बिहीबार  १ : १५ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४