२०८३, २६ भाद्र शनिबार

लैङ्गिक हिंसा बिरुद्ध १६ दिने आभियानको राष्ट्रपतिद्वारा शुभकामना सन्देश

लैङ्गिक हिंसा बिरुद्ध १६ दिने आभियानको राष्ट्रपतिद्वारा शुभकामना सन्देश

'महिलाहरुको समान अग्रसरता र नेतृत्वदायी भूमिका हुनुपर्छ'


काठमाडौं, १० मंसिर  : राष्ट्रपति विद्यादेवी भण्डारीले हिंसामुक्त, समृद्ध र न्यायपूर्ण समाज निर्माणका लागि महिलाहरुको समान अग्रसरता र नेतृत्वदायी भूमिकासहित आत्मसम्मानको अनुभूति हुने वातावरण निर्माण हुनुपर्ने बताएकी छिन् ।

‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तराष्ट्रिय दिवस’ का अवसरमा सन्देश जारी गर्दै उनले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्दै लैङ्गिक समानताको स्थापना गर्नु सम्पूर्ण विश्वको साझा दायित्व भएको जनाएकी छिन्। बोक्सी, छाउपडी, दाइजो तथा तिलक जस्ता कुरीति र कुप्रथालाई कानूनले निषेध गरे पनि धेरै दिदीबहिनी हिंसा र अपमानबाट गुज्रिरहनु परेको उनले उल्लेख गरेकी छिन्।

“घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, एसिड आक्रमणका साथै बलत्कारजस्ता जघन्य हिंसा निर्मुलन गर्ने सरकारका प्रयासहरु पूर्ण रुपमा सफल बनाउन समाजका सबै पक्षहरु त्यत्तिकै सक्रिय हुनुपर्छ”, राष्ट्रपतिको सन्देशमा उल्लेख गरिएको छ।

संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष २५ नोभेम्बरलाई ‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तराष्ट्रिय दिवस’ का रुपमा विश्वभर मनाउने निर्णय गरेको हो। यही दिनदेखि महिला हिंसाविरुद्धको १६ दिने अभियान पनि शुरु हुन्छ। यो अभियान विश्व मानवअधिकार दिवस १० डिसेम्बरमा समापन गरिन्छ।

प्रकाशित मिति : २०७७, १० मंसिर बुधबार  १० : १२ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।