२०८२, १ माघ बिहीबार

पशुपतिमा बेवारिसे शव जलाउने १८ वर्षीया ‘सपना’ विश्वका सय प्रभावशाली महिलाको सूचीमा

पशुपतिमा बेवारिसे शव जलाउने १८ वर्षीया ‘सपना’ विश्वका सय प्रभावशाली महिलाको सूचीमा


काठमाडौं, ९ मंसिर :  काठमाडौंको पशुपति आर्यघाटमा शव जलाउने सपना रोका मगर विश्वका सय प्रभावशाली महिलाको सूचीमा परेकी छिन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सोमबार सार्वजनिक गरेको सन् २०२० ९यो वर्ष० का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छानेका सय जनामध्ये नेपालकी सपना रोका मगर समेत परेकी हुन् । कठिन परिस्थितिमा पनि संघर्षको बाटोलाई स्वीकार्दै समाज परिवर्तनका लागि नौलो र उदाहरणीय काम गरेका सय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको हो ।

यो सूचीमा फिनल्यान्डकी नेतृ सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिसेल योह र कोरोना भाइरसविरूद्ध खोप अनुसन्धान गर्ने अक्फोर्ड युनिभर्सिटीको टोलीमा रहेकी सरा गिल्बर्टलगायत छन् । ‘तर एउटा असाधारण वर्षमा विश्वका कैयौं महिलाले अरूको मद्दतका लागि बलिदानी दिएका छन्, तिनैको श्रद्धाञ्जली स्वरूप सय महिलाको सूचीमा एउटा ठाउँ खाली छाडिएको छ,’ बीबीसीले जनाएको छ ।

दैनिकजसो काठमाण्डौको पशुपति आर्यघाट आसपासमा हुन्छिन् म्याग्दीकी १८ वर्षीया सपना रोका मगर । काठमाण्डौका विभिन्न स्थानमा बेवारिसे अवस्थामा भेटिएका शबको आफन्त बनेर दागबत्ती दिन्छिन् ।

बेवारिसे शब भेटिएपछि पहिलो फोन सपनालाई नै जान्छ । कानुनी प्रक्रिया पुरा गरेपछि उनले नै पशुपतिमा दागवत्ती दिने गरेकी छन् । पशुपति आसपासमा माग्न बस्नेहरूले उनलाई आफ्नै सदस्य सम्झन्छन् । म्याग्दीको मंगला गाउँपालिका बरंजा घर भएकी सपनाले आफन्त कोही नभएकाको उपचार र मृत्युपछिको दाहसंस्कारमा समय दिएकी सपनाले निरन्तरता दिइरहेकी छन् ।

‘मैले बेवारिसेलाई दागबत्ती दिएर सेवा गरेको छु,‘यो सेवामा लाग्दा निकै आनन्द महसुस भएको छ’ रोका मगरले भनिन् । बेवारिसे शवका वारिस बनेर पशुपति र अस्पतालका शब गृहमा पुग्ने गरेकी उनलाई ठूला अस्पतालमा बेसहाराको अभिभावकको रुपमा समेत चिन्न थालेका छन् ।

प्रकाशित मिति : २०७७, ९ मंसिर मंगलबार  ७ : ३८ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा