२०८३, २६ आश्विन मंगलबार

यी हुन् नेपालका उत्कृष्ट १५ करदाता

यी हुन् नेपालका उत्कृष्ट १५ करदाता


काठमाडौं, ८ मंसिर :  सरकारले नवौं राष्ट्रिय कर दिवसको अवसरमा मुलुकलाई सबैभन्दा बढी राजस्व बुझाएर योगदान पुर्‍याउनेमध्ये विभिन्न क्षेत्रबाट १५ उत्कृष्ट करदाताको नाम छनोट गरेको छ । आन्तरिक राजस्व विभागले कर सप्ताहको अन्तिम दिन आइतबार उत्कृष्ट १५ करदाताको नाम छनोट गरेको हो ।

आयकरतर्फ आर्थिक वर्ष २०७५/७६ र मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ आर्थिक वर्ष २०७६/७७ लाई आधार मानेर उत्कृष्ट १५ करदाताको नाम सार्वजनिक गरेको विभागले जनाएको छ । विभागका अनुसार यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमध्येबाट मदिरा व्यवसायी विजयकुमार शाह उत्कृष्ट छानिएका छन् । उनी जावलाखेल ग्रुप अफ कम्पनीका अध्यक्ष हुन् ।

मदिरा व्यवसायमा संलग्न शाहको अहिले स्वदेशी मदिरा उत्पादन तथा बिक्रीमा ठूलो व्यावसायिक साम्राज्य छ । स्वदेशी मदिरा उत्पादक व्यवसायी शाहको जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिस्टिलरीलगायत विभिन्न कम्पनी सञ्चालित छन् । हाल शाहका यी कम्पनीले रुस्लान भोड्का, गोल्डेन ओक र वार्सटाइनर बियर उत्पादन गरिरहेको छ ।

व्यक्तिगत आयकरतर्फ – विजयकुमार शाह
बैंकिङ क्षेत्रतर्फ– नबिल बैंक
कम्पनीको क्षेत्रतर्फबाट– बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल
विप्रेषणतर्फ– आईएमई रेमिट्यान्स कम्पनी
व्यापार व्यवसायतर्फ– अग्नि इन्कर्पोरेटेड कम्पनी
निर्यात व्यवसायतर्फ– बहुराष्ट्रिय कम्पनी डाबर नेपाल
विशेष उद्योगतर्फ – हिमाल पावर कम्पनी
कृषि तथा पशुपक्षी उद्योगतर्फ– अन्नपूर्ण एग्रोभेट प्रालि
सहकारीतर्फ– छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
बिमा व्यवसायतर्फ– नेपाल पुनर्बिमा कम्पनी
शिक्षण सेवातर्फ– मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप नेपाल प्रालि
पर्यटन व्यवसायतर्फ– तारागाउँ रिजेन्सी होटल्स लिमिटेड
मध्यमस्तरीय करदातातर्फ – कामना सेवा बैंक लिमिटेड
मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ– घोराही सिमेन्ट
आराकाहरुको कार्यक्षेत्र तर्फबाट– भीएफ सर्भिसेस मोरिसस प्रालि
राजधानी दैनिकबाट

प्रकाशित मिति : २०७७, ८ मंसिर सोमबार  ९ : ०९ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल