२०८२, २४ कार्तिक आईतबार

काभ्रेमा पाँचवटा अस्पताल शिलान्यासको तयारी अन्तिम चरणमा

काभ्रेमा पाँचवटा अस्पताल शिलान्यासको तयारी अन्तिम चरणमा


धुलिखेल ७ मंसिर काभ्रेमा पाँचवटा अस्पताल शिलान्यासको तयारी अन्तिम चरणमा पुगेकाे छ । जिल्लाका पालिकाहरुमा सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ । यसै अन्र्तगत काभ्रेको पाँचवटा पालिकामा अस्पताल निर्माण हुने भएको हो । निर्माण हुने अस्पताल शिलान्यासको तयारी अन्तिम चरणमा पुगेको बताईएको छ ।

धुलिखेल नगरपालिकाको काभ्रे स्वास्थ्य चौकीमा १५ शैयाकोेअस्पताल निमार्ण हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै खानीखोला गाँउपालिकाको तालढुङ्गा स्वास्थ्य चौकी,भुम्लु गाँउपालिकाको भुम्लुटार स्वाथ्य चौकी, महाभारत गाँउपालिकाको घर्तिछाप स्वास्थ्य चौकी र रोशी गाँउपालिकाको खहरे पाँगु स्वास्थ्य चौकीमा १०र१० शैयाकोअस्पताल निमार्ण हुने छ । आउँदो १५ गते देशभर ३९६ वटा अस्पतालको एकैदिन शिलान्यास हुने मन्त्रालयले जनाएको छ । यी सबै अस्पताल दुई वर्षभित्र बनाइसक्ने सरकारको लक्ष्य छ ।

सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित सरकारले अस्पताल नभएका पालिकामा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्ने तयारी गरेको हो । ५, १० र १५ शैय्याको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरिसकेको छ ।यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी पालिकामा सशर्त अनुदानका रूपमा उपलब्ध गराइनेछ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै पालिकामा ५ देखि १५ शैय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख छ ।

प्रकाशित मिति : २०७७, ७ मंसिर आईतबार  ९ : ४१ बजे

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो