२०८२, २१ माघ बुधबार

काभ्रेमा पाँचवटा अस्पताल शिलान्यासको तयारी अन्तिम चरणमा

काभ्रेमा पाँचवटा अस्पताल शिलान्यासको तयारी अन्तिम चरणमा


धुलिखेल ७ मंसिर काभ्रेमा पाँचवटा अस्पताल शिलान्यासको तयारी अन्तिम चरणमा पुगेकाे छ । जिल्लाका पालिकाहरुमा सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ । यसै अन्र्तगत काभ्रेको पाँचवटा पालिकामा अस्पताल निर्माण हुने भएको हो । निर्माण हुने अस्पताल शिलान्यासको तयारी अन्तिम चरणमा पुगेको बताईएको छ ।

धुलिखेल नगरपालिकाको काभ्रे स्वास्थ्य चौकीमा १५ शैयाकोेअस्पताल निमार्ण हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै खानीखोला गाँउपालिकाको तालढुङ्गा स्वास्थ्य चौकी,भुम्लु गाँउपालिकाको भुम्लुटार स्वाथ्य चौकी, महाभारत गाँउपालिकाको घर्तिछाप स्वास्थ्य चौकी र रोशी गाँउपालिकाको खहरे पाँगु स्वास्थ्य चौकीमा १०र१० शैयाकोअस्पताल निमार्ण हुने छ । आउँदो १५ गते देशभर ३९६ वटा अस्पतालको एकैदिन शिलान्यास हुने मन्त्रालयले जनाएको छ । यी सबै अस्पताल दुई वर्षभित्र बनाइसक्ने सरकारको लक्ष्य छ ।

सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित सरकारले अस्पताल नभएका पालिकामा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्ने तयारी गरेको हो । ५, १० र १५ शैय्याको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरिसकेको छ ।यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी पालिकामा सशर्त अनुदानका रूपमा उपलब्ध गराइनेछ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै पालिकामा ५ देखि १५ शैय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख छ ।

प्रकाशित मिति : २०७७, ७ मंसिर आईतबार  ९ : ४१ बजे

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक