२०८३, ७ कार्तिक शनिबार

अनुसन्धानका नाममा ‘प्रहरी आतंक’, हिरासतमै एकको मृत्यु

अनुसन्धानका नाममा ‘प्रहरी आतंक’, हिरासतमै एकको मृत्यु


बाँके, ७ मंसिर  : प्रहरीले बालक हत्याको अनुसन्धानका नाममा स्थानीयलाई जथाभावी पक्राउ गर्न थालेपछि डुडवा गाउँपालिका–३ वनकटवामा अहिले त्रास बढेको छ ।

‘प्रहरी रोज गाउँ आउँछ अनि जसलाई भेट्यो, उसैलाई पक्राउ गरेर लैजान्छ’ प्रहरी हिरासतमा रहेका २१ बर्षीय अजय सोनीकी आमा ललिताले रुँदै भनिन्, ‘मेरो छोरालाई पनि विना कारण पक्राउ गरेर हिरासतभित्रै राखेको छ । प्रहरीले गाउँमा असाध्यै ज्यादती गरिरहेको छ ।’

अधिकारवादी र पत्रकारहरुको टोली शनिबार गाउँ पुग्दा स्थानीय आफ्ना गुनासा सुनाउन तछाडमछाड गरिरहेका थिए । उनीहरुले प्रहरीले ज्यादती गरेको भन्दै निष्पक्ष छानविनको माग गरेका छन् । ‘गाउँमा दुई जनालाई गुमाएका छौं, उल्टो प्रहरीले पक्राउ गरेर दुःख दिइरहेको छ’, ललिताले भनिन् ।

वनकटवाका १० बर्षीय सुनील हरिजन रैदासको कात्तिक १० गते बीभत्स हत्या भएपछि वनकट्वा गाउँ शोकमग्न थियो । छिमेकीमा रुवाबासी चल्यो । हत्या गरिएका बालकका काका रामकुमार हरिजनले आफूहरुले न्याय खोजेको तर कसैलाई फसाउन नखोजेको बताए । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : २०७७, ७ मंसिर आईतबार  १० : २५ बजे

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका