२०८३, ८ कार्तिक आईतबार

रेडियो नमोबुद्धको कार्यालय तोडफोड, ल्याटप र नगद चोरी

रेडियो नमोबुद्धको कार्यालय तोडफोड, ल्याटप र नगद चोरी


धुलिखेल, २६ कात्तिकः काभ्रेको धुलिखेल स्थित रेडियो नमोबुद्धको कार्यालयमा चोरी भएको छ । गएराति २ बजेर १५ मिनेटको समयमा अपरिचित ब्यक्तिहरुले कार्यालय प्रवेश गर्ने दुई वटा मुख्य गेटको ताला फोरेर चोरी गरेको स्टेशन म्यानेजर हिरामान लामाले जानकारी दिनुभयो ।

कार्यालयभित्र प्रवेश गरेपछि चोरले तीन वडा कोठाको ताला फोरेर नगद सहित सरसमान चोरी गरीका हुन् । प्राविधिक तथा अनएयर कोठामा रहेको ल्यापटप एक थान र नगर ४ हजार ५ सय रुपैयाँ, दुईवटा बैंकको एटिएम चोरी भएको छ । त्यस्तै दराज फोडेर अडियो रेकर्डहरु समेत चोर्ने प्रयास गरेको स्टेशन म्यानेजर लामाले बताउनुभयो ।

त्यसैगरी स्टेशन म्यानेजरको कोठाको पनि तालो फोरिएको छ । समाचार कक्षको पनि ताला तोडिएको छ । समयमै कार्यालयमा अपरिचित ब्यक्ति पसेको बारे प्राविधिक रवि धितालले आफुलाई जानकारी गराएकाले अन्य क्षति भने हुन नपाएको स्टेशन म्यानेजर लामाले बताउनुभयो । ‘समयमै थाहा पाएकाले धेरै नोक्सानी हुन पाएन् स्टेशन म्यानेजर लामाले भने ‘चोरको खोजी गर्न र समानको पत्ता लगाउन प्रहरीलाई भनेको छौँ ।’

प्रकाशित मिति : २०७७, २६ कार्तिक बुधबार  १० : १० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना