२०८३, १४ बैशाख मंगलबार

धुलिखेलमा भयबह बन्दै कोरोना, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी पनि धमाधम संक्रमित

धुलिखेलमा भयबह बन्दै कोरोना, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी पनि धमाधम संक्रमित


धुलिखेल, २५ कात्तिकः धुलिखेल नगरपालिकामा समुदायस्तरमै ब्यापक कोरोना भाइरस फैलिएको छ । स्वास्थ्य कार्यालयले दैनिक अद्यावधिक गर्ने कोरोना संक्रमितको तथ्यांक हेर्दा पनि धुलिखेल नगरपालिकाका पछिल्लो केहिदिन यता पहिलो नम्बरमा पर्ने गरेको छ ।

धुलिखेल अस्पताल देखि गाउँ गाउँमा रहेका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी समेत कोरोना भाइरसबाट संक्रमित भएको छ । कतिपय निको भएका छन् भने कति अझै उपचार गराइरहेका छन् । हालसम्म स्वास्थ्य चौकीमा कार्यरत ८ जना स्वास्थ्य कर्मी संक्रमित भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिपले जानकारी दिनुभयो ।

वडा नं २ रवि ओपी स्वास्थ्य चौकीका १ महिला, १ पुरुष, वडा नं ५ श्रीखण्डपुर का १ महिला, वडा नं ८ धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रका २ महिला ,१ पुरुष, वडा नं ९ स्वास्थ्य चौकीका १ महिला र वडा नं १० शारदा बतासे स्वास्थ्य चौकीका १ पुरुष गरि ८ जना स्वास्थ्यर्की संक्रमित भएका हुन् । सहरभन्दा टाढा, सेवाग्रहीकाे खास भिड नलाग्ने गाउँगाउँमा रहेका स्वास्थ्य चौकीहरु तुलनात्मक रूपमा खास जोखिम मानिएकाे थिएन् । तर धमाधम एकपछि अर्को स्वास्थ्य कर्मी संक्रमित भएपछि थप जोखिम गाउँ तहसम्मै पुगेको छ ।

स्वास्थ्य शाखा प्रमुख केसीका अनुसार कतिपय संक्रमित स्वास्थ्यकर्मीका परिवारमा गम्भीर किसिमको लक्षण देखिएको छ । केसीले अवस्था निकै जटिल अवस्थामा पुगेको भन्दै आफ्नो स्वास्थ्य प्रति सदैब ख्याल गर्न आग्रह गर्नुभयो । शाखा प्रमुख केसीले सामाजिक सञ्जाल फेसबकमा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य कर्मीसंक्रमित भएको विवरण सार्वजनिक गर्दै ‘जनताको स्वास्थ संकटको यो घडीमा स्वास्थ्यकर्मीहरु उच्चमनोवल कायम राख्दै अझ सजग, सचेत र होसियारीका साथ आफ्नो कार्यक्षेत्रमा खटिरहनु समयको माग भएको भन्दै नगरपालिका उचित मुल्यांकन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

धुलिखेलमा हालसम्म ५४४ जना संक्रमित भएका छन् । जसमा २८० जना पुरुष र २६४ जना रहेका छन् । ७ जना पुरुष र २ जना महिला गरी ९ जनाको कोरोना भाइरसकै कारण निधन भएको छ । अस्पतालको आइसोलेसनमा १२ जना रहेका छन् भने होम आइसोलेसनमा १५० जना रहेको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो । धुलिखेल १२ वटा वडा मध्ये सबैभन्दा बढी वडा नम्बर ७ मा १०८ जना संक्रमित भएका छन् भने सबैभन्दा कम वडा नम्बर १ मा ५ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २०७७, २५ कार्तिक मंगलबार  ६ : ४८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले