२०८३, ७ कार्तिक शनिबार

धुलिखेलको ठुलो वनमा अपाङ्गमैत्री इको ट्रेल र दुईवटा वडा पुरात्वतिक शहर बनाइने

धुलिखेलको ठुलो वनमा अपाङ्गमैत्री इको ट्रेल र दुईवटा वडा पुरात्वतिक शहर बनाइने


धुलिखेल, २४ कात्तिकः काभ्रेको धुलिखेल नगरपालिका स्थित ठूलो वनमा अपांगमैत्री इको ट्रेल निर्माणको काम अघि बढ्ने भएको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा इको ट्रेल र दुईवटा वडालाई पुरात्वतिक शहरका रुपमा विकास गर्न विस्तृत आयोजना प्रतिवेदन तयार भएपछि काम अघि बढ्ने भएको हो ।

बागमती प्रदेश सरकारको प्रविधिक टोलीले इको ट्रेल र पुरात्वतिक शहरका बारे लागत सहित तयार पारेको प्रतिवेदन नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठलाई सोमबार बुझाएको छ । प्रतिवेदनकै आधारमा चालु आर्थिक वर्षबाटै निर्माणको काम थालिने नगरपालिकाका इन्जिनियर हरेराम हुमागाईले जानकारी दिनुभयो ।

यस्तो हुने छ इको ट्रेल
इको ट्रेल हजार सिँढीबाट सुरु भएर चौकोट स्थित काठमाण्डौ विश्वविद्यालय रहेको ठाउँसम्म पुग्ने छ । जसलको लम्बाई ४ किलो मिटर लामो हुने छ । जुन ट्रेलमा अपांगता भएका ब्यक्तिहरु ह्वील चियर सहित सवार गर्न पाउनेछन् । ट्रेल कम्तीमा दुई वटा ह्वील चियर सजिलै आवात जावात गर्न सक्ने हुनेछन् ।

नगरपालिकाका इन्जिनियर हरेराम हुमागाईका अनुसार दायाँबायाँ बाँसको रेलिङ राखिने डीपीआरमा उल्लेख छ । त्यस्तै विभिन्न ठाउँमा झरना रहने छ । ४ किलो मिटर लम्बाईमा दुई ठाउँमा झोलुङ्गे पुल रहनेछ ।

त्यस्तै इको ट्रेलमा १ वटा पोखरी पनि हुनेछ । विश्राम स्थल र फिटनेश पार्क पनि अपांग मैत्री नै हुने डीपीआरमा भनिएको छ । बागमती प्रदेश सरकारले नेपालकै नमुना इको ट्रेलका रुपमा विकास गर्ने गरी डीपीआर तयार गरेर नगरपालिकालाई हस्तान्तरण गरेको इन्जिनियर हुमागाईले जानकारी दिनुभयो ।

डीपीआरमा इको ट्रेल निर्माणका लागि साढे २ करोड प्रस्ताव गरिएको छ । त्यस्तै दुई वर्षभित्र सकिने भनिएको छ ।

दुई वडा पुरात्वतिक शहर
बागमति प्रदेश सरकारले तयार पारेको विस्तृत परियोजना प्रतिवेदनमा दुई वटा वडालाई पुरात्वतिक शहरको रुपमा विकास गरिने भनिएको छ । जसमा धुलिखेलको पुरानो बजारलाई समेटिएको छ । वडा नम्बर ६ र ७ लाई पुरात्वतिक शहरका रुप विकास गर्ने गरी डीपीआर तयार भएको इन्जिनियर हरेराम हुमागाईले बताउनुभयो ।

यी दुई वडाका खास गरी पुराना घरलाई पुरानै शैलीमा मर्मतसम्भार गरी होम स्ट्रे सञ्चालन गर्ने गरी परियोजना तयार गरिएको छ । त्यस्तै नयाँ बनेका घरहरुलाई पनि सकेसम्म पुरानै आकार दिइनेछ । लगभग परियोजना अनुसार काम अघि बढ्यो भने अबको दुई वर्षपछि धुलिखेका यी दुई वडा बन्दीपुर र भक्तपुरका भित्र भागमा रहेका माैलिकता झल्काउने शहर जस्तै देखिनेछ ।

इको ट्रेल र पुरात्वतिक शहर निर्माणको काम प्रदेश सरकार र धुलिखेल नगरपालिकाले संयुक्त रुपमा अघि बढाउनेछन् । यसमा धेरै खर्च लाग्ने भएकाले संघ सरकार र विभिन्न दातृ निकायहरुको सहयोगमा सम्पन्न गर्ने गरी काम अघि बढेको इन्जिनियर हुमागाईले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २४ कार्तिक सोमबार  ६ : ५१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना