२०८३, ७ कार्तिक शनिबार

पाँचखालमा गोठबाटै ३ महिने पाडी चोरी

पाँचखालमा गोठबाटै ३ महिने पाडी चोरी


धुलिखेल, २२ कात्तिकः काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ७ श्रीराम पाटीमा गोठबाटै भैसीको पाडी चोरी भएको छ । स्थानीय राजन चौलागाईको गोठमा बाँधिराखेको ३ महिनाको पाडी चोरी भएको हो ।

हिजो राति दुध दोएर माउ र पाडीलाई गोठभित्र बाँधेर चौलागाई घर फर्किएका थिए । तर बिहान साढे ४ बजे श्रीमती दुर्गा चौगालाई दुध दुन जाँदा पाडी नदेखिएपछि चोरी भएको पत्ता लागेको हो । राजनको गोठ र घर करिब १० मिटरको आसपासमा छ । ‘सदा झै बेलुकाको दुध दोएर, माउ पाडीलाई छुट्टा छुट्टै बाँधेरवरी, ढोका लगाएर घर गएको, राजनले भने बेलुका जाँदा जसरी ढोका लगाइएको थियो त्यसैगरी लगाइएको रहेछ, तर गोठभित्र पाडी थिएन् ।’

दाम्लो सहित नै पाडी हराएको राजनले बताउनुभयो । ‘हिजो साँझ साढे ५ बजेतिर दुध दोएर, साँझको घाँस दिएवरी साढे ६ बजेतिर घर फर्किएँ, आज विहान श्रीमति दुर्गा दुध दुन जाँदा त गोठमा पाडी नै छैन् ।’ पाडी हराएपछि माउले दुध दिन जोडेको राजनले बताउनुभयो । २ महिलाअघि राजनले सिन्धुपाल्चोकको भिमटारबाट माउपाडी किनेर ल्याएका थिए । साढे १ लाख रुपैयाँ तिरेर माउपाडी ल्याएको राजनले बताउनुभयो ।

राजनको परिवार नै अहिले पाडीको खोजीमा जुटेको छ । उनले सामाजिक सञ्जालमा समेत कतै पाडी दिए खबर गरिदिन समेत आग्रह गरेका छन् । त्यहि भैसीको दुधबाट चिया सञ्चालन गर्दै आएका राजन पाडी हराएपछि मर्माहत बनेका छन् । ‘लकडाउनमा तरकारी बिक्री हुन छाड्यो, त्यसपछि दुहुना भैसी ल्याएर गाउँमै चिया पसल सुरु गरेको थिए, उनले भने ‘पाडी हराएपछि अहिले माउले दुध दिन छाडेको छ ।’ भैसीँले एक छाकमा ९ लिटर दुध दिने गरेको थियो ।

प्रकाशित मिति : २०७७, २२ कार्तिक शनिबार  २ : ३६ बजे

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका