२०८३, १४ बैशाख मंगलबार

औषधी किन्नु कि, तरकारी !

औषधी किन्नु कि, तरकारी !


धुलिखेल, १० कात्तिकः आज विजया दशमी । दशैको सबैभन्दा महत्वपूर्ण दिन । ठूलाबडाबाट आर्शिवाद लिने । आफन्त, इष्टमित्र भेट गर्ने । दुःख, सुख साट्ने ।

तर काभ्रेको दक्षिणी क्षेत्रमा पर्ने बेथानचोक गाउँपालिका वडा नम्बर ५ च्यासिङ्खर्कका गोलेटोलका निरबहादुर गोलेको यी चाडपर्व भने दुई वर्षदेखि एउटै ओछ्यानमा बितेका छन् । न त आफन्त, न त इष्टमित्र । दुई वर्षदेखि चाडपर्वको अनुभूति गर्नै छाडेका छन् निर बहादुरले ।

उमेर ३८ वर्ष मात्रै पुगेको निरबहादुर अभाव र पीडामै बितिरहेको छ । बाच्न संघर्ष गरिरहेका छन् निर बहादुर । कहिले त आश नै मार्छन् बाच्ने । भाकानिएर भन्छन् ‘बिख खाएर मरौ भने परिवारको माया लाग्छ । उपचार गरौँ भने पैसा छैन ।’ आशुँ पिएरै दिन बिताइरहेका छन् उनी ।

शरिरमा रोग नहुदाे हो त उनी अहिले गाउँ पुगेर साथी भाइभेटेर परिवारलाई खुशी तुल्याउँथे । तर उनको उपस्थितिमा घरपरिवारले पनि चाडपर्व मनाउन भएको छैन । ‘औषधि किन्न समेत पैसा छैन, मिठो मसिनो किनेर खाना कहाँबाट पैसा ल्याउनु, निर बहादुरले गहभरी आशुँ पार्दै भने ।

पातलो शरीर । निन्याउरो अनुहार । हिडडुल गर्न गाह्रो छ । एक ठाउँदेखि अर्को ठाउँसम्म पुग्न सक्ने शरीरमा तागत छैन । दुबै मृगौलाले काम गर्न छाडेपछि निरबहादुर परिवार विचल्निमा परेको छ । निरबहादुरका दुई छोरा मध्ये र श्रीमती छन् । जेठो छोरा पनि लागुऔषधि कारोबार गरेको आरोपमा जेलमा छन् । एकलाख धरौटी बुझाउन नसक्दा उनी जेलमै बस्न बाध्य भएका हुन् ।

कान्छो छोरा घरमा पेन्टरको काम गर्थे । त्यो पनि कोरोना भाइरसले खोसिदिएको छ । केहि सहयोगीले उपलब्ध गराएको रकमले डायोलासिस गरेपनि पछिल्लो समय पैसा अभावमा डायोलासिस गर्न निकै समस्या भइरहेको छ ।

निरबहादुरको ४ वर्षपहिले एउटा मृगौलामा समस्या आयो । अर्कोले काम गर्ला कि भन्ने भयो । तर सोचे जस्तो कहाँ साथ दियो र अर्को मृगौलाले । आश गरेको अर्को मृगौलाले पनि साथ छोड्यो । उपचारको क्रममा गाउँमा भएको जग्गा पनि सकियो । घर पनि रित्तिसक्यो । तर २० को १९ भएको छैन । अहिले हप्ताको दुई पटक डायोलासिस गर्नु पर्छ ।

प्रकाशित मिति : २०७७, १० कार्तिक सोमबार  ५ : ५९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले