२०८३, १४ बैशाख मंगलबार

पलाञ्चोक भगवती मन्दिरमा काभ्रे प्रशासनको धज्जी उडाउँदै भिड

पलाञ्चोक भगवती मन्दिरमा काभ्रे प्रशासनको धज्जी उडाउँदै भिड


धुलिखेल, ९ कात्तिकः पाँचखालमा रहेको पलाञ्चोक भगवती मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । नवरात्रको नवमीमा पुजा गर्न जानेको भिड लागेको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रको कुनै पनि मठमन्दिरमा नित्यपूजा बाहेकको अन्य कुनै गतिविधि नगर्न निर्देशन दिएको थियो । तर मन्दिर ब्यवस्थापन समितिले प्रकासनको निर्देशनलाई धज्जी उडाउँदै दर्शनार्थीलाई मन्दिर प्रवेश गराएर पुजापाठन गर्न लगाएको हो । प्रशासन कार्यालयले सर्वसाधरणलाई मन्दिर प्रवेशमा रोक लगाएको थियो । प्रमुख जिल्ला अधिकारी शिमराम पोखरेलले असोज ३० गते एक सूचना जारी गर्दै जिल्लाभरका मठमन्दिरमा सर्वसाधरणलाई प्रवेश निषेध गरिएको बताउनुभएको थियो ।

यसअघिका वर्षहरुमा पलाञ्चोक भगवती मन्दिरमा राष्ट्रप्रमुख समेत पुग्ने गरेका थिए । तर यो पटक कोरोना भाइरसको महामारीका कारण राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि शक्तिपिठ नजाने निर्णय गरिसक्नुभएको छ ।

प्रकाशित मिति : २०७७, ९ कार्तिक आईतबार  ११ : २३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले