२०८२, २ चैत्र मंगलबार

विश्वभर ३ करोड ८० लाखमा संक्रमण, १० लाख ८५ हजारको मृत्यु

विश्वभर ३ करोड ८० लाखमा संक्रमण, १० लाख ८५ हजारको मृत्यु


काठमाडौं २७ असोज  : विश्वभर ३ करोड ८० लाख मानिसमा कोभिड १९ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार २३२ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख ३५ हजार ३४९ पुगेको छ ।
संक्रमितमध्ये २ करोड ८५ लाख ९६ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४९ हजार ७८९ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ७५६ जनाको मृत्यु भएको छ । योसँगै मंगलबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ८५ हजार १५१ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८० लाख ३७ हजार पुगेको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७१ लाख ७३ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५१ लाख ३ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३१ हजार ८२३ जनाको मृत्यु भएको छ । ६१ लाख ४७ हजार २३१ जना संक्रमित भएकोमा ३० लाख ४३ हजार ८९९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २०७७, २७ आश्विन मंगलबार  ८ : २३ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका