काठमाडौं २७ असोज : सत्तारुढ नेकपाको संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण भएको छ । आइतबार स्वाब दिएका गुरुङलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।
गुरुङसँगै उनकी श्रीमती नेकपा नेता तथा सांसद यशोदा सुवेदी गुरुङलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । दुवै जनाको स्वास्थ्य सामान्य रहेको गुरुङको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया