२०८२, २९ भाद्र आईतबार

धुलिखेल–४ मा ‘सेवा घर’ सञ्चालन, वडा कार्यालयद्वारा खाद्यन्न सहयोग

धुलिखेल–४ मा ‘सेवा घर’ सञ्चालन, वडा कार्यालयद्वारा खाद्यन्न सहयोग


धुलिखेल, २३ असोजः धुलिखेल नगरपालिकाको वडा नम्बर ४ मा ‘सेवा घर’ सञ्चालनमा ल्याइएको छ । सडक बालबालिका र असहाय ब्यक्तिहरुलाई राख्न सञ्चालनमा ल्याइएको सेवा घरको शुक्रबार धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुले उद्घाटन गर्नुभएको हो ।

मानव कल्याण समाजले ‘सेवा घर’ सञ्चालनमा ल्याएको हो । ‘सेवा घर’ लागि वडा नम्बर ४ को कार्यालय खाद्यन्न सहयोग गरेको छ । १० बोरा चालम, १ कार्टुन तेल, १ बोरो आयोडिन नुन, १० केजी रातो दाल, १ प्याकेट धुलो जिरा, १० केजी चिनी ‘सेवा घर’ लाई वडाध्यक्ष रविन्द्र कर्माचार्यले हस्तान्तरण गर्नुभएको हो । वडा कार्यालय र वडाका विभिन्न ब्यक्तिहरुले गरेको करिब २४ हजार बराबरको सहयोग सेवा घरलाई उपलब्ध गराइएको वडाध्यक्ष कर्मचार्यले बताउनुभयो ।

त्यस्तै १० केजी चना, १ प्याकेट बेसार, ५ केजी मस्यौरा, २ दर्जन नुहाउने साबुन, १ कार्टुन लुगाधुने साबुन र १० प्याकेट सरफ वडाध्यक्ष कर्माचार्यले सहयोग उपलब्ध गराएको मानव कल्याण समाजले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष कर्माचार्यले सडक बालबालिका मुक्त काभ्रे बनाउने अभियानमा आफ्नो वडाले गर्न सक्ने सबै प्रकारका सहयोग उपलब्ध गराउने बताउनुभयो । त्यस्तै मठमन्दिर, सडकपिटमा बस्ने बेवारिसे, असहाय, अशक्त र अपाङ्गता मुक्त जिल्ला बनाउन पनि आफ्नो वडा अग्रंक्तिमा रहेर काम गर्न तयार रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २३ आश्विन शुक्रबार  ६ : ३९ बजे

२४ शवको पोस्टमार्टम सकियो, सात शव पूर्ण रूपमा जलेका

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका २४ शवको त्रिवि

रास्वपामा विद्रोह : सुमना श्रेष्ठद्वारा रास्वपाको परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तथा पूर्वसहमहामन्त्री सुमना

जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको सरकारद्वारा औपचारिक जानकारी

काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा देशभर ७२ जनाको मृत्यु

काभ्रेको बनेपाबाट ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

बनेपा : काभ्रेको बनेपा नगरपालिका-९ बाट प्रहरीले ७३० राउण्ड गोलीसहित

राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलको शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस–२०८२ को अवसरमा