२०८२, १३ फाल्गुन बुधबार

भारतले गर्‍यो चार किमी टाढा ‘मार’ हान्न सक्ने शक्तिशाली मिसाइल परीक्षण

भारतले गर्‍यो चार किमी टाढा ‘मार’ हान्न सक्ने शक्तिशाली मिसाइल परीक्षण


नयाँदिल्ली, १८ असोज । चीनसँग सीमा विवाद बढिरहेका बेला भारतले शनिबार चार किलो मिटर टाढासम्म ‘मार’ हान्न सक्ने ब्यालेस्टिक मिसाइल ‘सौर्य’को नयाँ संस्करण सफल परीक्षण गरेको छ ।

भारतीय रक्षा मन्त्रालयका अनुसार यो नयाँ मिसाइल करिब एक हजार किलोमीटर टाढासम्म निशाना लगाउन सक्छ । बीबीसी हिन्दीमा प्रकाशित समाचार अनुसार सौर्य जमिनदेखि जमिनसम्म हमला गर्न सकिने मिसाइल हो ।

यस्तै सुरक्षा अधिकारीहरुले सौर्य मिसाइललाई विश्वकै सबैभन्दा शक्तिशाली १० वटा मिसाइलहरुमध्ये एक मानेका छन् । साथै सौर्य मिसाइललाई अति तीव्र गतिमा चल्नसक्ने मिसाइल पनि मानिन्छ । जुन स्याटलाइट इमेजिङको माध्यमबाट पनि यसलाई भेट्न नसकिने बताइन्छ ।

भारतले यो मिसाइल चीनसँग लद्दाखमा सीमा विवाद भइरहेका बेला परीक्षण गरेको हो । यसर्थ पनि भारतको यस्तो कदमलाई अर्थपूणर् रुपमा हेरिएको छ । जब कि चीनसँग सीमा विवाद समाधानका लागि पटक पटक वार्ता प्रयास भए पनि सफल हुन सकिरहेको छैन । एजेन्सी

प्रकाशित मिति : २०७७, १८ आश्विन आईतबार  ८ : ५८ बजे

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर