२०८२, १८ मंसिर बिहीबार

प्रधानमन्त्रीका तीन सल्लाहकार र बालुवाटारका ६३ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

प्रधानमन्त्रीका तीन सल्लाहकार र बालुवाटारका ६३ सुरक्षाकर्मीलाई कोरोना संक्रमण


काठमाडौं १८ असोज : प्रधानमन्त्री केपी ओलीका तीन सल्लाहकारसहित प्रधानमन्त्रीनिवास बालुवाटारमा खटिएका ६३ सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ । मुख्य सल्लाहकार विष्णु रिमाल, वैदेशिक मामिला सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण देखिएको छ । त्यस्तै, सचिवालयका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र फोटोग्राफर राजन काफ्ले पनि संक्रमित भएका छन् । शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका उनीहरूको रिपोर्ट पोजिटिभ आएको हो ।

स्वाब परीक्षणका क्रममा प्रधानमन्त्रीको सुरक्षार्थ खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी समेतको स्वास्थ्य परीक्षण रिपोर्ट शनिबार पोजिटिभ आएको छ । उनीहरू सबैको शुक्रबार स्वाब परीक्षण लिइएको थियो । राससका अनुसार बालुवाटारमा सुरक्षामा खटिएका नेपाली सेनाका २८ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका १६ र सशस्त्र प्रहरीका १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय अनुसन्धान विभागका तीन कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

कोरोना संक्रमणको पुष्टि भए पनि प्रधानमन्त्रीका सल्लाहकारहरू रिमाल, थापा, भट्टराईसहित सचिवालयका कसैमा लक्षण देखिएको छैन । शुक्रबारसम्म प्रधानमन्त्रीनिवास बालुवाटार र सिंहदरबारमा नियमित काममा रहेका उनीहरू पोजिटिभ रिपोर्टलगत्तै शनिबारबाट निजी निवासमै प्रोटोकलको पालना गर्दै ‘आइसोलेसन’मा बसेका छन् । प्रेस सल्लाहकार थापाले अहिलेसम्म सल्लाहकार र सचिवालयका सबै सदस्यको स्वास्थ्यमा कुनै समस्या नरहेको जानकारी दिँदै सबैजना निजी निवासमा ‘आइसोलेसन’मा बसेको जानकारी दिए ।

‘शुक्रबारसम्म नियमित काममा थियौँ, स्वाब दिएका कारण शनिबार बालुवाटार गएनौँ,’ थापाले भने, ‘पोजिटिभ रिपोर्ट आएपछि सल्लाहकार समूह र सचिवालयका हामी सबै प्रोटोकलको पालना गर्दै होम आइसोलेसनमा बसेका छौँ ।’ थापासहित सल्लाहकारले आफूनिकट सम्पर्कमा आएका सबैलाई सजग रहन आग्रह गरेका छन् । नयाँपत्रिका दैनिक

प्रकाशित मिति : २०७७, १८ आश्विन आईतबार  ७ : २६ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको