२०८३, १४ बैशाख मंगलबार

घुस दिएर गोल्डमेडल लिने अधिवक्ता कोइरालासहित तीनैजना दोषी ठहर

घुस दिएर गोल्डमेडल लिने अधिवक्ता कोइरालासहित तीनैजना दोषी ठहर



काठमाडौं १५ असोज : विशेष अदालतले अधिवक्तासमेत रहेका सुरेन्द्र कोइरालासहित तीनजनाले भ्रष्टाचार गरेको ठहर गरेको छ । मंगलबारको इजलासले कोइरालासहित त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका गोप्य शाखा प्रमुख रामु कर्माचार्य र बानेश्वर क्याम्पसमा कार्यरत केदार भट्टराईलाई परीक्षामा नम्बर हेरफेर गरेकोमा दोषी ठहर गर्दै सजाय सुनाएको छ ।

शिवराज अधिकारी, बालेन्द्र रुपाखेती र रवि शर्मा अर्यालको इजलासले यस्तो फैसला गरेको हो । उनीहरूले भ्रष्टाचार निवारण ऐनको दफा १३ बमोजिम कसुर गरेको भन्दै सजाय सुनाइएको अदालतका उपरजिष्ट्रार इन्द्रकुमार खड्काले जानकारी दिए । दफा १३ मा प्रश्नपत्रको गोपनीयता भंग गर्ने वा परीक्षाको परिणाम फेरबदल गर्नेलाई सजाय तोकिएको छ ।

‘सरकारी निकाय वा सार्वजनिक संस्थाबाट सञ्चालन गरिने परीक्षाको प्रश्नपत्र निर्धारित समयभन्दा अगावै अधिकार प्राप्त अधिकारीले विशेष परिस्थिति परेको कारण जनाई खोलेमा वा खोल्न लगाएमा बाहेक कुनै राष्ट्रसेवकले आफू वा अरू कुनै व्यक्तिलाई गैरकानुनी लाभ पुऱ्याउने बदनियतले कुनै पनि प्रकारले त्यस्तो प्रश्नपत्रको गोपनीयता भंग गरेमा वा गर्न लगाएमा वा परीक्षाको परिणाममा फेरबदल गरेमा वा गर्न लगाएमा त्यस्तो राष्ट्रसेवकलाई तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवनना हुनेछ,’ उक्त दफामा उल्लेख छ ।

खड्काका अनुसार ९ अंक पाएर अनुत्तीर्ण भएका कोइरालालाई अदालतले उक्त दफाअनुसार ६ महिना कैद र सात हजार रुपैयाँ जरिवाना गरिएको छ । सोही ऐनको दफा ९३० अनुसार ‘रिश्वत दिने–लिनेलाई सजाय’ गर्दै थप साढे चार लाख रुपैयाँ जरिवाना र आठ महिना कैद फैसला सुनाएको छ । उनलाई कुल १४ महिना जेल र चार लाख ५७ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

यसैगरी त्रिविका विद्यार्थी तथा बानेश्वर क्याम्पसका कर्मचारी भट्टराईलाई दफा १३ अनुसार चार महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएको छ । साथै कोइरालालाई घुस लिए९दिएको आरोपमा थप तीन लाख रुपैयाँ जरिवाना र सात महिना कैद सजाय तोकिएको छ । उनले कुल ११ महिना कैद र तीन लाख पाँच हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

अदालतले परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई समेत दुवै दफाअनुसार सजाय गरेको छ । कर्माचार्यलाई परीक्षाको परिणाम फेरदबल गरेको भन्दै पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ । घुस लिने–दिने गरेकोमा विशेषले थप डेढ लाख रुपैयाँ जरिवाना र ६ महिना कैद तोकेको छ । उनलाई कुल ११ महिना कैद र एक लाख ५५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

त्रिविको मानविकी संकायअन्तर्गत पाटन क्याम्पसबाट अर्थशास्त्रमा ०७२र७३ सालमा अधिवक्ता कोइरालाले सर्वोत्कृष्ट अंक ल्याएका थिए । जम्मा ९ अंक ल्याएर अनुत्तीर्ण भएका उनलाई ६० अंक थपेर त्रिविका कर्मचारी कर्माचार्यले ‘टप’ बनाएका थिए । उनले आफूलाई राष्ट्रपतिबाट पदक लिने इच्छा भएको र भविष्यमा न्यायाधीश बन्न सजिलो हुने भएकाले घुस दिएर तीनवटा विषयमा अंक थप्न लगाएर ‘गोल्डमेडल’ लिएको बयान दिएका थिए ।

यसैगरी बानेश्वर क्याम्पसका कर्मचारी तथा त्रिविका स्नातकोत्तरका विद्यार्थी र प्रथम श्रेणीमा अर्थशास्त्र उत्तीर्ण गरेका भट्टराईलाई समेत विपक्षी बनाई मुद्दा दायर भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष असार तेस्रो साता उनीहरूविरुद्ध मुद्दा हालेको थियो । नयाँपत्रिका दैनिक

प्रकाशित मिति : २०७७, १५ आश्विन बिहीबार  ६ : ४२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले