२०८२, २५ कार्तिक मंगलबार

मनसुन बाहिरिने क्रममा, शुक्रबारसम्म कुन प्रदेशको मौसम कस्तो ?

मनसुन बाहिरिने क्रममा, शुक्रबारसम्म कुन प्रदेशको मौसम कस्तो ?


काठमाडौं, १४ असोज : नेपालमा मनसुन गराउने वायु प्रणाली विस्तारै कमजोर बन्दै गएको छ । जसका कारण अब विस्तारै पानी पर्ने क्रम रोकिंदै जाने मौसमविदले बताएका छन् ।

बंगालको खाडीमा न्यून चापीय क्षेत्रको प्रभावले हाल देशका पहाडी भू(भागमा आंशिक बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो प्रदेश(१, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश(५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश(५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश(१, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश(५ र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश(५, कर्णाली प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

शुक्रबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश(५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

राति प्रदेश(१, प्रदेश २, बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही गण्डकी प्रदेश, प्रदेश(५ र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुन बाहिरिने क्रममा, शुक्रबारसम्म कुन प्रदेशको मौसम कस्तो ?

प्रकाशित मिति : २०७७, १४ आश्विन बुधबार  ८ : १४ बजे

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं। आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ

हुम्लामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

अदानचुली (हुम्ला) । हुम्लामा विद्युत् पोल बोक्दै गरेको एक ट्याक्टर

भारत-अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता लगभग

मुख्यमन्त्री यादवको आह्वान : तोडफोड र अराजकताविरुद्ध संयमित रहन आग्रह

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा भइरहेको

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती आज मनाइँदै

काठमाडौं । आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती