धुलिखेल, २५ भदौः काभ्रेको धुलिखेल अस्पतालमा थप ५ वटा भेन्टिलेटर र २० आइसियू बेड थपिने भएको छ । कोरोना संक्रमितहरुको उपचार गर्दै आएको अस्पतालको सेवालाई थप मजबुद बनाउन नेपाल सरकारको आर्थिक सहयोगमा भेन्टिलेटर र आइसियू बेड थपिन लागेको हो ।
सरकारले धुलिखेल अस्पताललाई २ करोड ८५ लाख दिने निर्णय भएको धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारीले जानकारी दिनुभयो । उक्त रकमबाट ५ वटा भेन्टिलेटर २० आइसियू बेड स्थापना गरिनेछ । त्यस्तै कोभिड ब्यबस्थापनमा समेत उक्त रकम खर्च गरिने बताइएको छ ।








प्रतिक्रिया